शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ
एनआरएन यूकेले दियो ब्रिटिश गोर्खा निर्मल पूर्जाको अभियानमा साथ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २२, २०७५
51328976_378842659364594_5497778165759606784_n

लन्डन, मंगलबार माघ २२ गते । गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ दान स्थायी घर भई हाल ब्रिटीस आर्मीमा कार्यरत कर्पोरल निर्मल पूर्जा ७ महिनामा १४ अग्ला हिमाल चढ्ने तयारीमा जुटेका छन् । जसको लागि पूर्जालाई विभिन्न संघसंस्थाले साथ र सहयोग दिइरहेका छन् ।

पूर्जाको अभियानमा गैरआवासीय नेपाली संघ एनआरएन यूकेले साथ दिने भएको हो । अभियानमा सहयोग गर्न एनआरएन यूकेले संरक्षक योगेन्द्र बहादुर क्षेत्रीलाई संयोजकको जिम्मेवारी तोकीसकेको छ । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले पूर्जाको अभियानलाई साथ दिन एनआरएन यूके लागिपरेको बताए ।

अध्यक्ष फगामीले पूर्जाले विश्वकै सबैभन्दा अग्लो सगरमाथासहित दर्जनौ हिमालको आरोहण गरिसकेकाले नेपाललाई विश्वसामू चिनाउने अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् । त्यस्तै, महासचिव आरके त्रिपाठीले ब्रिटिश गोर्खा निर्मल ‘निम्स’ पूर्जा एमबीइको अभियानलाई एनआरएन यूकेको सहयोग रहने बताए । यसै गरि पूर्जाको आरोहणमा मोना यूके लगाएतका संघसंस्थाले समेत सघाउने प्रतिबद्धता जनाएका छन् ।

यसै वर्ष सन् २०१९ को ७ महिनाभित्र ८ हजार मिटर उचाईंका सबै १४ हिमाल चढ्ने योजनामा रहेका पूर्जालाई सहयोगको लागि सबैमा आहवानसमेत गरेका छन् । उनी आफ्नो योजनामा सफल भए यसले यसअघिको ७ वर्ष, ११ महिना १४ दिनको कीर्तिमान तोड्नेछ । कम्तीमा ७ लाख ५० हजार पाउण्ड आवश्यक छ । उनले आफ्नो योजनामा सघाउन अपिल गर्दै गोफण्डमी पेजमार्फत आर्थिक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

गोफण्डमीमार्फत ७५ हजार पाउण्ड उठाउने प्रयासमा छन् उनी जसले उनको दोश्रो चरणको मिसन केटु, नांगा पर्वत र ब्रोड पिक पाकिस्तानको आरोहण खर्च कभर गर्छ । बेलायतको नेपाली डायस्पोरा जुट्यो भने उनको योजनाले सार्थकता पाउनेछ अनि नेपाल र नेपालीको नाम एकपटक फेरि उंचो हुनेछ उनले चढ्न आंटेका हिमालहरु जत्रै । उनलाई धेरैले ‘निम्स’ भनेर चिन्छन् । उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो गोर्खा पनि हुन् ।

उनको नाममा आरोहणका कयौं विश्व कीर्तिमान् छन् । उनले सगरमाथा देखि लोत्से आरोहण जम्मा दश घण्टा १५ मिनेटमै सम्पन्न गरे जुन यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु ९जो ८ हजार मिटर भन्दा अग्ला छन्० चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक एकपटक चढ्ने उनी पहिलो व्यक्ति हुन् ।

मेरो लक्ष्य पुरा भएमा नेपालीको शीर उच्च हुन्छ,‘कसैले तोड्न नसक्ने गरी किर्तिमान् राख्ने गरी मेहनत गदैंछु’ निर्मल पूर्जाले लन्डन नेपाल न्युज संग को टेलिफोन कुराकानी गर्दै आरोहणको तयारीमा जुटेको बताए । लन्डन नेपाल न्युज


प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १७:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP