शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राजन खत्रीको लोकदोहोरी गीत ‘छातीको देब्रे पाटोमा’ बजारमा
राजन खत्रीको लोकदोहोरी गीत ‘छातीको देब्रे पाटोमा’ बजारमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ २६, २०७५
Rajan Khatri

प्रताप बानियाँ
म्याग्दी, शनिबार माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक कस्तुप पन्तको लय तथा गायक प्रवीण खत्रीको शब्द संयोजनमा उनले गीत बजारमा ल्याएका हुन् ।

‘छातीको देब्रे पाटोमा, फुलैफुल त बिच्छ्याउन नसकुँला मायालाई काँडा परे पन्छ्याउँला हिँड्ने बाटोमा’ बोलको गीतमा नवगायक राजन खत्री र लोकदोहोरी गायिका पूर्णकला बिसीको स्वर रहेको छ । गीतमा महेन्द्र र सारीकाले अभिनय गरेका छन्भने मुकेश हुमागाईं एण्ड टिमले छायाङ्कन गरेको छ । जनता डिजिटल फिल्मस प्रालिले दृश्य निर्माण गरेको गीतमा कपिल लामाले निर्देशन, अमृत चापागाईंले सम्पादन र कविता तोलाङ्गीले श्रृङ्गार गरेका छन् । 

प्रस्तुत लोकदोहोरीगीतमा सबै टुक्का माया र पिरतीकै गाइएको गायक खत्रीको भनाइ छ । सानैदेखि गीतसङ्गीत अत्यन्त मन पराउने र गीतसङ्गीतमै रमाउने गरेका उनले पहिलोपटक लोकदोहोरीगीत बजारमा ल्याएको बताए । विद्यालय उमेर समूहदेखि नै लोकगीत, नृत्य र लोकदोहोरी प्रतियोगितामा सहभागी भई विभिन्न पुरस्कार हात पारेका उनले निरन्तर रुपमा गीतसङ्गीतको क्षेत्रमा लाग्ने बताएका छन् । 

२०४४ सालमा बुबा हिराबहादुर र आमा यामकुमारी खत्रीको कोखबाट चिप्लेटीमा जन्मिएका खत्री पेशाले वैदेशिक रोजगारीमा कार्यरत प्रवासी नेपाली हुन् । विदेशको मरुभुमी कतारमा सवारीचालकको पेशा अङ्गालेका उनले हालै घर विदामा आएको मौका छोपेर गीत निकालेका हुन् । गाउँघरमा रहँदा मेलापात, अर्मपर्म र सामाजिक तथा सांस्कृतिक कार्यक्रममा उनले गीत गाउने गरेका थिए । गीत गाउने कलाका धनी खत्रीले नेपाली कला र संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै भविष्यमा अरु नयाँ गीतहरु पनि गाउने बताए । युट्युवमा उनको गीत तलको लिङ्क लगइन गरेर हेर्न सकिन्छ । 
https://www.youtube.com/watch?v=rz2c_JOL_jg&feature=youtu.be&fbclid=IwAR2f1KP9sOE43r7EHvS_8VID5ObNGxVSJ0WRmhdqd2AU3HLrSqxAz7GgbcQ

प्रकाशित मिति: शनिबार, माघ २६, २०७५  ११:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP