शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • आर्सनलका गोलकिपर भिल्लामा
आर्सनलका गोलकिपर भिल्लामा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असोज १, २०७७
goalkippar

लन्डन । प्रिमियर लिगको क्लब एस्टन भिल्लाले आर्सनलका गोलकिपर इमिलियानो मार्टिनेजलाई अनुबन्धित गर्ने भएको छ।

बुधबार एस्टन भिल्लाले मार्टिनेजलाई २६ मिलियन डलरमा अनुबन्धित गर्ने घोषणा गरेको हो। अर्जेन्टिनाका २८ वर्षे गोलकिपरले एस्टन भिल्लाका लागि चारवर्षे सम्झौता गरेका हुन्। उनी सम्मिलित आर्सनलले यसअघि एफए कप र कम्युनिटी शिल्ड उचाल्न सफल भएको थियो।

एस्टन भिल्लाका प्रशिक्षक डिन स्मिथले गोलकिपरलाई अनुबन्धित गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए। ‘नयाँ गोलकिपरलाई टोलीको सदस्य बनाउन पाउँदा हामी निकै खुसी छौं। आर्सनलले उनलाई राम्रो स्थान दिएको थियो। र पछिल्लो खेलमा उनको प्रदर्शनबाट आर्सनलले धेरै राम्रो नतिजा निकालेको छ,’ एस्टन भिल्लाका प्रशिक्षक स्मिथले भने, ‘उनले पाएका अवसरलाई शतप्रतिशत प्रयास दिन्छन्। उनी कलिलै उमेरमा चर्चा पाउने थौरैमध्येका एक खेलाडी हुन्।’

मार्टिनेजले १० वर्ष आर्सनलमा बिताएका छन्। यसअघि म्याटी क्यास र ओल्ली वार्टकिनले एस्टन भिल्ला भ्रमण गरेका थिए। यसअघि २०१० मा मार्टिनेजले पहिलो पटक आर्सनलमा हस्ताक्षर गरेका थिए। आर्सनलमा रहँदा उनले ३९ खेल खेलेका छन् भने ६ क्लबमा लोनमा बिताएका छन्।

‘धन्यवाद सबै समर्थक र करियरमा सहयोग गर्नेलाई,’ मार्टिनेजले भने, ‘आर्सनलमा स्थान दिनुभएका सबैलाई धन्यवाद र क्लबमा रहँदा धेरै समय लोनमा बिताएँ।’ उनले थपे, ‘क्लबमा रहँदा धेरै सफलता हात लागे। त्यसका लागि म टिमप्रति आभारी छु।’

यस्तै स्पेनिस क्लब एइबरले प्रिमियर लिगको क्लब न्युक्यासलका जापानी योसिनोरी मुतोलाई लोनमा भित्र्याएको छ। क्लबले बुधबार यसको घोषणा गरेको हो।

‘एइबर र न्युक्यासल जापानका मुतोलाई अनुबन्धित गर्न सहमत भएका छन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘लोनमा भित्रिएका फरवार्ड मुतोले १२ नम्बर जर्सी लगाउनेछन्। आउँदो साता मात्र टोलीसँग अभ्यास गर्नेछन्।’

२८ वर्षका मुतोले न्युक्यासलमा रहँदा ३ गोल गरेका छन्। उनी २०१८ देखि न्युक्यासलमा आबद्ध थिए। उनी कलिलै उमेरमा अनुबन्धित भएका थिए। नागरिक न्यूजबाट साभार


प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ११:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP