शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • आईपीएल २०२० : सन्दीपको दिल्ली पञ्जाबसँग भिड्दै
आईपीएल २०२० : सन्दीपको दिल्ली पञ्जाबसँग भिड्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज ४, २०७७
DelhivsPunjab

काठमाडौं । इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको दोस्रो खेलमा आइतबार सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो । साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ ।

यद्यपि, यसपटक उत्कृष्ट स्पीनरहरु रहेको दिल्ली पञ्जाबमाथि भारी पर्न सक्छ । टोलीमा सन्दीपसहित रविचन्द्रन अश्विन, अमित मिश्रा लगायत अनुभवी स्पीनर रहेका छन् । अश्विन पछिल्लो पटक पञ्जाबका कप्तान थिए ।

लोकसभा चुनावको कारण सन् २००९ मा आईपएल दक्षिण अफ्रिका र सन् २०१४ को शुरुवाती २० खेल यूएईमा भएको थियो । तब यूएईमा दिल्लीको रेकर्ड निकै खराब रहेको थियो । टीमले त्यहाँ खेलिएका ५ मध्ये २ खेलमा मात्र जीत हासिल गर्न सफल भएको थियो ।

हेड टु हेड

पञ्जाबले आईपीएलमा सबैभन्दा बढी १४ खेल दिल्लीविरुद्ध जितेको छ । दुई टोलीबीच हालसम्म भएका २४ खेलमध्ये दिल्लीले १० खेल जितेको छ । अघिल्लो सिजन दुई टोलीले १–१ खेल जितेका थिए ।

पञ्जाब र दिल्ली दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जितेका छैनन् । पञ्जाब सन् २०१४ को फाइनलसम्म पुगेको थियो । दिल्लीले भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आईपीएल खेल्न यसअघि नै यूएई पुगेका छन्। उनी क्यारेबियन प्रिमियर लिग ९सीपीएल० सक्काएर गत भदौ २७ गते यूएईतर्फ लागेका थिए ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएका हुन् । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ ।एजेन्सी/रातोपाटी


प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १४:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP