शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • बासुरीमा भविष्य खोज्दै नविन ः लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक
बासुरीमा भविष्य खोज्दै नविन ः लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ २९, २०७५
nabin ko basuri moha

धु्रबसागर शर्मा
म्याग्दी मंगलबार मा २९ गते । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन गर्ने बेनी नगरपालिका ६ अर्थुङ्गेका नबिन बानियाँको पेसा रेडियो प्राविधिकको भएपनि उनको चेष्टा कुशल बासुरी बादक बनेर चिनिने रहेको छ ।

८÷९ वर्षको उमेर देखिनै बासुरीमा ‘टक’ बसेपछि बासुरीबाट नै ‘लक’ (भाग्य) चम्काउने ध्याउन्नमा बानियाँ लागेका छन् । बासुरीका प्वालहरुमा हात चल्न थालेपछि भोक र निद समेत विर्सिने गरेको बताउने बानियाँको बासुरी मोह कम रोचक छैन ।

‘म आठ वर्षको थिएँ’ बानियाँले आफ्नो अतितलाई खोतल्दै भन्न थाल्नुभयो ‘मेरो मामा नारायण पौडेल उकाली ओराली गर्दा बाँसुरी बजाउँदै हिड्नुहुन्थ्यो,त्यो बाँसुरीको धुनले मलाई सारै लोभ्याउथ्यो । एक दिन मामाको बासुरी चोरेर बजाउँदैगर्दा आमाको कुटाइ खाएँ । त्यही कुटाइले मलाई झन बासुरीको नजिक धकेल्यो र म एक दिन कुशल बाँसुरी बादक बनेर देखाउने प्रतिज्ञा गरें ।’मामाको बासुरी चोर्दा खाएको आमाको कुटाइ नै बानियाँका लागि बासुरी बजाउने गजबको उर्जा बन्यो । म्याग्दीकाली एफएमका कार्यक्रम संचालक समेत रहेका बानियाँ झोलामा कितावसंगै बासुरी बोकेर हिड्न थाल्नुभयो ।

बासुरीमा मन त थियो तर अरु स्केलका बासुरी किन्नका लागि बानियाँसंग धन थिएन । एउटा सानो बाँसुरी बजाएर मात्र कुशल बाँसुरी बादक बन्न सकिदैनथ्यो । बानियाँले खाजा पनि नखाइकन पैसा बचत गर्न थाल्नुभयो बासुरी किन्नका लागि । गाउँमा हुने मेला पर्व,उकाली ओराली र स्कुल आउँदा जाँदा बासुरी बजाउँदै हिड्ने बानियाँको बासुरी मोह र कला देखेर कृष्णराज पौडेलले भीडियो खिचेर सामाजिक संजाल युट्युवमा राखिदिनु भयो । त्यो भिडियो हेरेर स्याङ्जा घर भै हाल कोरियामा कार्यरत रन्जित राणाले रु १० हजार पठाइ दिनुभयो । त्यही पैसाबाट बानियाँले विभिन्न स्केलका १२ ओटा बासुरी किनेको बताउनुभयो ।

बानियाँले भन्नुभयो ‘मेरो घरको आर्थिक अवस्था कमजोर छ, कमाइको भरपर्दो माध्यम केही पनि छैन । रन्जित सरले कोरियाबाट पठाइदिएको १० हजार रुपैयाँले बासुरी किनेको छु,अव रात दिन मिहिनेत गरेर नेपालको कुशल बासुरी बादक बन्ने मेरो उद्धेश्य रहेको छ ।’

बानियाँकोउद्धेश्य उनको रुचि र क्षमतासंग मिल्ने खालको रहेको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर एवम् म्याग्दीका लोक गायक अमित विश्वकर्माले बताउनुभयो । ‘नबिन साँच्चिकै प्रतिभाशाली केटा हुन् ।’ विश्वकर्माले भन्नुभयो ‘उनलाई यतिबेला सहयोग र हौसलाको आवश्यकता छ ।’

बानियाँले १२ वटा बासुरीबाट विभिन्न किसीमका धुन निकाल्नु हुन्छ । जस्तोसुकै लयमा पनि बासुरीको धुन निकाल्न सक्नु बानियाँको विशेषता रहेको लोक गायक विश्वकर्माको भनाइ रहेको छ ।

जिल्लामा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा बासुरी बजाएर पहिचान बनाउँदै गरेका बानियाँको प्रतिभालाई मर्न नदिन उनलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग र अवसरको वातावरण मिलाइ दिन आवश्यक देखिएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  २१:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP