शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन
कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक २१, २०७७
kheladi

पोखरा । कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्। अहिले निजी प्रयोगशालाले समेत स्वाब संकलन गरी कोरोनाको परीक्षण गर्दै आएका छन्। निजीले परीक्षण गर्ने अनुमति पाएसँगै पोखरामा कोरोनाको संक्रमित थपिने संख्या दैनिकजसो उकालो लागिरहेको छ।

कोरोनाको संक्रमित संख्या मात्रै नभई मृत्यु हुनेको संख्या पनि उस्तै छ। दैनिकजसो नै मृत्युको खबरले सर्वसाधारण आहत बनेका छन्। त्यसबाट खेलकुद क्षेत्रपनि अछुतो रहन सकेको छैन। दुईदिन अघि मात्रै पोखराका स्क्वासका राष्ट्रिय खेलाडी विकासरत्न शाक्यको निधन भयो। उनी कोरोना संक्रमित थिए।

५३ वर्षीय शाक्यले केसी स्क्वास च्याम्पिनसिपको पहिलो उपाधि जितेका थिए। नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी कास्की जिल्ला एण्ड गण्डकी प्रदेशकै स्क्वास प्रशिक्षकको जिम्मेवारी निभाएका थिए। छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलले टिम इभेण्टमा रजत पदक जित्दा उनी महत्वपूर्ण सदस्यको रुपमा थिए।

उनको निधनमा स्क्वास र्याकेट एशोसियनले शोक सभा गर्दै उनको मृत्युले स्क्वासमा गम्भीर क्षति पुगेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले सुनाए। ‘स्क्वास खेलको विकास र विस्तारमा उहाँको महत्वपूर्ण योगदान छ। उहाँको निधनले स्क्वासमा अपुरणीय क्षति पुगेको छ।’ उनको भनाई थियो।nagariknews.nagariknetworkबाट साभार


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १३:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP