शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कोरोनाले सबै खेलको खेल तालिका प्रभावित
कोरोनाले सबै खेलको खेल तालिका प्रभावित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक २५, २०७७
rastriye khelkud parisad

काठमाडौं । कोरोना महामारी नभएको भए अहिले खेलकुदको माहोल निकै उचाईमा हुन्थ्यो । कतार विश्वकप फुटबल छनोट खेलले फुटबलको महोल बनाउँदा क्रिकेटको अन्तर्राष्ट्रिय भ्रमणले नेपाली खेलकुद चर्चित हुनेथियो । राष्ट्रिय खेलाडीहरु फागुनको तेस्रो साता गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तीब्र तयारीमा व्यस्त हुन्थे । तर कोरोनाले वर्षभरीको तालिका प्रभावित गराउँदा खेलाडी देखी पदाधिकारीमा नैराश्यता छाएको छ ।

कोरोना महामारीले धेरै क्षेत्रलाई प्रभावित बनाउँदा खेलकुद क्षेत्र पनि अछुतो रहेन । विश्वलाई घुँडा टेकाएको कोरोना भाइरस (कोभिड–१९) अझै नियन्त्रणमा आउन नसक्दा विकल्प खोजी भइरहेको छ । नेपालमा भने अझै सहज बन्न सकेको छैन, विकल्प पनि अझै सोचिएको छैन । तय भएका खेलकुद तालिका पनि प्रभावित भएका छन् ।

फुटबलको विश्वकप छनोट तालिका अन्तिम समयमा आएर स्थगित हुँदा खेलाडीमा निराशा पन देखिएको छ । सरकारले गर्दै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि अन्योलमा परेको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे कोभिडका कारण अन्योल भएको र बोर्ड वैठक पछि मात्र थाहा हुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालले बताए ।

यसअघि पूर्वाधारको चुनौतिका बाबजुद पनि प्रतियोगिता सञ्चालन गरी समापन भएका उदाहरण छन् । तर पोखराको आयोजनामा पूर्वाधारको समस्या नहुने पनि कोइरालाले बताए । उनले खेलकुद चलायमान बनाउनका लागि खेलाडी देखी सम्बन्धित संघबाट तत्परता देखाउनुपर्ने र सहयोगका लागि परिषद तयारी रहेको स्पष्ट पारे ।

कोरोना महामारीको बीचमा घरेलु केही चर्चित प्रतियोगिता हुनै पाएनन् । मुखैमा आएको फ्रोन्चाइज क्रिकेट लिए एभेरेष्ट प्रिमियर लिग रोकियो । तालिका रहेको पोखरा प्रिमियर लिग पनि कोरोनाको चपेटामा प¥यो । साथै मोफसलमा हुने धेरै गोल्डकप देखी फुटबलका डिभिजन लिगहरुमा कोरोनाको असर देखियो । छिट फुट बाहेक एकल देखी युगल सम्मका खेलकुद गतिविधि अझै फर्किन सकेका छैनन् । महामारी मापदण्ड अपनाउँदै खेलमा फर्किने वातावरण खेलाडी देखी खेल सम्बध पदाधिकारीले खोजी रहेका छन् । खेलकुदलाई चलायमान बनाउन पहल भइरहेको उपाध्यक्ष कोइरालाले बताए ।

तय भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल तालिकामा असर देखिँदा खेलाडीमा अहिले नैराश्यता देखिएको छ । ९ महिनाभन्दा लामो समय खेलाडी खेलकुद गतिविधिबाट बाहिर रहँदा यस्तो असर देखिएको हो । खेलकुद जीवन हो भन्दै होमिएका खेलाडीमा नकारात्मक असर देखिन थालेको छ । सार्वजनिक कार्यक्रममा खेलाडी राष्ट्रका गहना हुन भन्दै अभिव्यत्ति दिने नियामक निकायका पदाधिकारीले अब भने खेलाडीको भविष्यको बारेमा सोच्ने बेला आएको छ । रातोपाटीबाट साभार


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १५:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP