शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कोरोना सङ्क्रमण भएपछि बैंकले निकाल्यो कर्मचारी
कोरोना सङ्क्रमण भएपछि बैंकले निकाल्यो कर्मचारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ २, २०७७
corona_virus_buix

म्याग्दी। कोरोनाको सङ्क्रमण पुष्टि हुनु । होम आइसोलेशन बस्नुपर्ने बाध्यता । काम गर्दै गरेको ठाउँमा जागिर खोसिनु । अनि सङ्क्रमण पुष्टि भएपछि टोल, छिमेकबाट दुर्व्यवहार हुनु यो कस्तो बिडम्बना !कोरोना जस्तो भाइरसको सङ्क्रमण पुष्टि भएको अवस्थामा सङ्क्रमितलाई माया, ममता र हौसला दिनुपर्ने ठाउँमा उल्टै छि स् छिः र दुरदुर अनि दुर्व्यवहार १ हामी कल्पना गर्न पनि सक्दैनौँ । तर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका एक व्यक्तिले भने यही अवस्थाको चुनौती पार गरिसक्नुभयो ।

४१ वर्षीय शिव बरुवाल प्रभु बैंकको अन्नपूर्ण शाखा पोखरेबगरमा सुरक्षागार्डका रूपमा काम गर्नुहुन्थ्यो । उहाँले त्यस बैंकमा काम गर्न थालेको २० महिना पुगेको थियो । त्यसैक्रममा उहाँ गएको पुस पहिलो हप्ता कोरोना भाइरस सङ्क्रमित बन्नुभयो । पुस १ गते पीसीआर परीक्षणका लागि उहाँको स्वाब सङ्कलन गरियो र ५ गते रिपोर्ट पोजिटिभ आयो । सुरक्षागार्ड बरुवालले सङ्क्रमण भएपछि सुरुको एक हप्तासम्म टाउको दुख्ने, उच्च ज्वरो आउने, खान मन नलाग्ने र स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएको बताउनुभयो । त्यही आधारमा पीसीआर परीक्षण गरियो अनि रिपोर्ट पनि पोजिटिभ आयो । अब बस्नुपर्ने भयो आइसोलेशन ।

अन्नपूर्णमा सङ्क्रमित बिरामीलाई राख्नका लागि तत्कालीन अवस्थामा आइसोलेशन अस्पताल तयारी अवस्थामा थिएन । उहाँ म्याग्दी सदरमुकाम बेनीको आइसोलेशनमा आउन सम्भव पनि भएन ।
त्यसैले उहाँ घरैमा होम आइसोलेशन बस्नुभयो । घरमा आइसोलेशन बसेको भए पनि उहाँले टोल, छिमेकबाट राम्रो सहयोग पाउने अपेक्षा त गर्नुभयो तर अपेक्षा भने उपेक्षामा परिणत भयो । कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि आफू होम आइसोलेशनमा बसेको हुँदा अफिसमा काम गर्न नआउने भन्दै उहाँले फोनमार्फत बैंकमा जानकारी गराउनुभयो र बिदा बस्नुभयो ।

होम आइसोलेशन बसेको ४र५ दिनमै अफिसमा अर्को मान्छे राखेपछि बरुवालको जागिर खोसियो । एकातिर टोल छिमेकको दुर्व्यवहार, अर्कोतिर जागिर खोसिँदा उहाँलाई थप तनाव भयो ।
होम आइसोलेशन बसेको १४ दिनपछि र दोस्रो रिपोर्ट नेगेटिभ आएपछि बरुवाल कोरोनामुक्त हुनुभयो । योसँगै उहाँ जागिरबाट पनि मुक्त हुनुपर्‍यो । होम आइसोलेशनमै बसेको समयमा बैंकमा सुरक्षागार्ड नियुक्त गर्ने एक्सेलेन्ट सेक्युरिटी अफिस काठमाण्डौबाट तपाईँको ठाउँमा अर्को मान्छे राखिएको जानकारीसहित फोन आएको उहाँ बताउनुहुन्छ ।

कोरोना पुष्टिपछि भोगेका दुःख र पीडा सुनाउँदै उहाँले भन्नुभयो, ‘कोरोना पोजेटिभ भएर जागिर गुमाउने व्यक्ति नेपालमै म पहिलो हुन सक्छु । मलाई जस्तो दुःख र पीडा अरू कसैलाई नपरोस् ।’ त्यही बैंकमा फेरि आफूलाई सुरक्षागार्डकै रूपमा जागिरका लागि पुनर्बहाली गर्नुपर्ने उहाँको माग छ ।बैंकमा सुरक्षागार्डको काम गर्ने क्रममा नै आफूलाई कोरोना सङ्क्रमण भएको हुन सक्ने बरुवालले अनुमान गर्नुभयो । काम गर्दै गर्दा कोरोना पुष्टि भएपछि जागिरबाट निकालिएको गुनासो गर्दै उहाँले बैंकबाट थप सहयोग पाउनुपर्ने ठाउँमा उल्टै झन् जागिर खोसिएको दुःखेसो पोख्नुभयो । ‘त्यही बैंकमा काम गर्ने अर्को स्टाफलाई कोरोना देखिँदा उहाँलाई त्यहीँ राख्ने अनि मलाई देखिँदा चाहिँ जागिरबाट निकाल्ने यो कस्तो नियम हो रु यस्तो नियम कहाँ छ रु’, भन्दै उहाँले प्रश्न गर्नुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा चार वर्ष बिताएर फर्किनुभएका बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन् । उहाँलाई कम्पनीले मासिक रूपमा सुख्खा १८ हजार रुपैयाँ तलब मात्रै दिएको थियो ।आफू सङ्क्रमित भएर आइसोलेशनमा बसेको समयमा कोभिड अस्पतालका डाक्टर, नर्सहरू आएर हौसला दिएर मनोबल बढाउने काम गरेको अनुभव सुनाउँदै उहाँले अस्पतालले शारीरिक व्यायाम, बाफ लिने, योगा गर्ने र घाममा बस्न सिकाएको बताउनुभयो ।

यता प्रभु बैंक अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले भने एक्सेलेन्ट सेक्युरिटी कम्पनी काठमाण्डौले सुरक्षागार्डको नियुक्ति, तलबरभत्तालगायत व्यवस्था गर्ने भएकाले यस विषयमा बैंकको शाखालाई केही पनि जानकारी नहुने बताउनुभयो । सेक्युरिटी कम्पनीले दिएको नियुक्तिका आधारमा बैंकमा काम गर्न दिइने हुँदा उहाँले सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित व्यक्तिले कम्पनीमा जानकारी नगराएको हुन सक्ने बताउनुभयो । बरुवाल जस्तै कारोना सङ्क्रमित भएर टोल, छिमेकमा दुर्व्यवहार घारकै लिला खत्रीले पनि भोग्नुभयो । उहाँले पनि कोरोना सङ्क्रमण पुष्टि भएर घरमै बसेको समयमा टोल, छरछिमेकबाट सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा बसेकाको घरमा जान हुन्न, उनीहरूसँग बोल्न हुँदैन भनेर सुनेको बताउनुभयो ।

आफ्नो घर अगाडिको बाटो भएर छिमेकीहरू आवतजावत गर्ने क्रममा घर नजिकै आएपछि दौडिने गरेको उहाँले गुनासो गर्नुभयो । आफ्नो गाडी भएर पनि त्यसको गाडीमा समेत चढ्नुहुँदैन भन्ने सुनेकामा आफूलाई धेरै नै नरमाइलो महसुस भएको पनि उहाँले दुःखेसो पोख्नुभयो । कोरोनामुक्त भएका बरुवाल र खत्रीलाई अन्नपूर्ण गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पताल उद्घाटनको अवसरमा कोरोनामुक्त भएको प्रमाणपत्र दिएर सम्मान गरेको थियो । उहाँलाई सम्मान गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले कोरोना लागेर जागिर गुमाएका बरुवालको बैंकमा पुनर्बहालीका लागि आफूले बैंकसँग कुराकानी गरेको बताउनुभयो । उहाँले कोरोना लाग्दैमा जागिरबाट कसैलाई पनि निकाल्न नहुने बताउँदै जागिर गुमाएका बरुवाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

कोभिड अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर लक्ष्मी पन्थीले सङ्क्रमण पुष्टि हुँदैमा जो कोही पनि आत्तिन नहुने बताउँदै राम्रोसँग स्वास्थ्य सुरक्षाका विधि अपनाएमा छिटै कोरोनामुक्त भइने बताउनुभयो । सङ्क्रमितलाई उचित किसिमको माया, ममता, स्नेह र सहयोग दिएर सहज वातावरण निर्माण गर्न जोड दिँदै सङ्क्रमित बिरामीको मनोबल बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने डा. पन्थीको भनाइ छ । ujyaaloonline


प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १७:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP