शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • अन्नपुर्णको शिखमा दुई दिने घुम्ती शिविर सम्पन्न
अन्नपुर्णको शिखमा दुई दिने घुम्ती शिविर सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २४, २०७५

म्याग्दी, शुक्रबार फागुन २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बिहिबारदेखी सुरु भएको दुई दिने घुम्ती शिविर सम्पन्न भएको छ ।


एकीकृत घुम्ती शिविरबाट ६ सय बढी सर्वसाधारण लाभान्वित बनेका छन् । अन्नपूर्ण गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको शिविरमा १२० नयाँ र २४ वटा प्रतिलिपि सहित १४४ वटा नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयको टोलीले ५२ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ ।


वडा नम्बर ५ शिख र वडा नम्बर ६ घार क्षेत्रका सर्वसाधारणले सेवा लिएको शिविरमा गाउँपालिकाको स्वास्थ्य शाखा र बेनी अस्पतालको समन्वयमा सञ्चालित निशुल्क स्वास्थ्य शिविरमा ५० जनाले स्वास्थ्य परिक्षण सेवा लिएका छन् । त्यसैगरि ४३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, ४ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका सुचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।


शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत ८४ जनालाई आयुर्वेदीक परामर्श तथा औषधी वितरण, कृषि ज्ञान केन्द्र र कृषि शाखा मार्फत ७९ जना कृषकलाई रोगकिरा मार्ने बिषादी र भिटामिन तथा ११७ जना कृषकलाई विउबिजन वितरण भएको सुचना अधिकारी आचार्यले बताउनुभयो । शिविरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत १ हजार ५०६ वटा कुखुरा, ७५५ वटा भेडाबाख्रा, ३०० गाईभैसी, ४२ वटा खरायो र १३ वटा घोडा गरि २ हजार ६ सय १५ वटा पशुपंक्षीको लागि ओषधी वितरण तथा कृषकहरुलाई परामर्श सेवा प्रवाह भएको थियो ।

दुर्गम बस्तीका नागरिकलाई घरदैलोमा सरकारी सेवा पु¥याउन जिल्लामा अभियानको रुपमा घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । प्रजिअ अधिकारीले म्याग्दीमा यसअघि धवलागिरी गाउँपालिकाको गुर्जा, लमसुङ, मराङ, रघुगंगाको रायखोर, मंगलाको कुहुँ र मालिकाको देविस्थानमा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको जानकारी दिनुभयो ।

दुर्गम र ग्रामीण भेगका जनतालाई सबै प्रकारका सरकारी सेवा सुविधा एकै पटक एकै ठाउँबाट लिन पाउँदा समय र खर्चको बचत संगै घरदैलोमै सुविधा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेलले बताउनुभयो । शिविरले सदरमुकाममा रहेका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारण र नसक्ने बृद्धबृद्धाहरुको लागि सहयोग पुगेको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५  २०:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP