शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • थ्री नेसन्स कपको उपाधि नेपाललाई
थ्री नेसन्स कपको उपाधि नेपाललाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत १६, २०७७
Nepal-vs-Bangladesh
काठमाडौं । नेपालले त्रिदेशीय कप फुटबलको उपाधि जितेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। https://fb.watch/4xCgYP_1hd/ यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन। नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक–एक गोल गर्नुभयो । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काउनुभयो । सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गर्नुभयो। सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गर्नुभयो। यो उहाँको पहिलो अन्तर्राष्ट्रिय गोल हो।उहाँले गत शनिबार बंगलादेशविरूद्ध नै डेब्यू गर्नुभएको थियो। यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो। सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पार्नुभएको हो ।एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु–२३ टिमबीच प्रतिस्पर्धा भएको हो। समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने किर्गिस्तानको यु–२३ टिमलाई १–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १९:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP