शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘बुलबुल’ले विश्व कविता दिवस मनायो
‘बुलबुल’ले विश्व कविता दिवस मनायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत ७, २०७५
54411793_361743107886528_4988342370975088640_n

बेनी बिहिबार चैत्र ७ गते ।
आज विश्व कविता दिवसको अवसर पारेर ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पस फूलबारी बेनीले म्याग्दी बहुमुखी क्याम्पसको प्राङ्गणमा खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा समिर रोका प्रथम, रञ्जना श्रेष्ठ द्धितिय, प्रविण पौडेल तीतृय र नम्रता सुवेदी सान्त्वना हुन सफल भएका छन् । कविता प्रतियोगितामा विजेताहरुलाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका विशेष आमन्त्रित सदस्य बुलबुल साहित्यिक पत्रिकाका प्रधान सम्पादक श्री चन्द्रबहादुर लामिछानेले कविता प्रतियोगीताबाट विद्यार्थीहरुको सिर्जनशीलता बढ्ने धारण व्यक्त गरेका थिए । पछिल्लो समय म्याग्दी जिल्ला साहित्यमा निकै अगाडि बढेको उनको भनाई थियो ।

म्याग्दी साहित्य सञ्चारका अध्यक्ष ‘घायलश्री’ले संस्थाको उद्देस्य भनेको ‘बुलबुल पाठक समूह’ मार्फत् स्कुल कलेजका विद्यार्थीहरुलाई साहित्यिक नेतृत्व गर्न सिकाउने र साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिने रहेको बताए । आगामी दिनहरुमा पनि बुलबुल साहित्यिक पत्रिकाले यस्ता खाले प्रतियोगिताहरुमा जोड दिएर साहित्यको बाटो फराकिलो पार्दै विद्यार्थीहरुभित्रको प्रतिभाहरुलाई प्रष्फुटन गराउन सहयोग गर्ने उनको भनाई थियो ।

कार्यक्रमका प्रमुख आमन्त्रित ब्यक्ति म्याग्दी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष श्री बालकृष्ण सुवेदीले प्रतियोगीतामा विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै साहित्य असल समाज निर्माणका लागि महत्वपुर्ण रहेको बताए । सम्पूर्ण विद्यार्थीहरुलाई कवितामा व्यक्त गरिए जस्तै कुराहरु आर्दश जीवन र व्यवहारमा उतार्न सुवेदीले आग्रह गरेका थिए । साथै आफ्नो विद्यार्थी जीवनमा आफूपनि कवि हुने प्रयास गरेको र केही कवितहरु पनि लेखेको भन्दै एक छन्द कविता भाका हालेर वाचन गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री टीकाराम सापकोटा, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष घायलश्री, बुलबुल साहित्यिक पत्रिकाका प्रधान सम्पादक चन्द्रबहादुर लामिछाने, म्याग्दीका अग्रज साहित्यकार गणनाथ पौडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरी कार्य समितिका उपाध्यक्ष हीरा पौडेल, म्याग्दी साहित्य सञ्चारका सचिव सन्दिप खत्री, म्याग्दी बहुमुखी क्याम्पसका कार्यवाहक स्ववियू सभापति ईश्वर सुवेदी लगायतको उपस्थिति रहेको उक्त कविता प्रतियोगितामा रेखाकौशल रेग्मी, नारायण अभिलाषी र गङ्गा बानियाँले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष श्री बालकृष्ण सुवेदी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा, क्याम्पसचोक बेनीमा अवस्थित ‘एभरेष्ट ग्लोवल’ ल्याङ्ग्वेज इन्टिच्यूटको विशेष सहयोग तथा म्याग्दी साहित्य सञ्चारले संरक्षकत्व गरेका थिए भने कार्यक्रम संयोजक सन्दिप रिजालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ‘बुलबुल पाठक समूह’ म्याग्दी बहुमुखी क्याम्पसकी संयोजक कान्ति पौडेलले गरेकी थिइन्


प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५  १९:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP