शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला
पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, वैशाख ३, २०७८
purnima shreshth himal
पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । यो हिमाल आरोहणका लागि पूर्णिमाको टोली गत चैत ८ गते काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत म्याग्दीको नारच्याङबाट उकालो लागेको थियो। यो पनि... [embed]https://myagdinews.com/2021/03/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a0/[/embed] पूर्णिमालगायत ६ नेपाली महिलाले आज दिउँसो १ः३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष निग्मा शेर्पाले जानकारी दिनुभयो।फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ठ्याक्कै ७० वर्ष भयो। उहाँले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गर्नुभएको थियो। पूर्णिमा श्रेष्ठ गोरखाको आरुघाटकी स्थायी बासिन्दा हुनुहुन्छ । श्रेष्ठसँगै दावा याम्जुङ शेर्पा, पासाङ ल्हामु शेर्पा, शर्मिला तामाङ, दावा फुटी शेर्पा र माया शेर्पाले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको हो। श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा,२०१७मा मनास्लु र २०१९मा आमादब्लम हिमालको आरोहण गर्नुभएको थियो। उहाँ म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर जोड्ने मौरिज हर्गोज पदमार्थको प्रयोग गरेर आरोहणमा जानुभएको थियो । यो पदमार्ग प्रयोग गरेर अन्नपूर्ण हिमाल आरोहण गर्न गएको श्रेष्ठको टोली नै पहिलो टोली भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर गर्बुजा पुनले बताउनुभयो। अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणलाई सफल बनाउन अध्यक्ष क्याप्टेन बर्गुजाले व्यक्तीगत एक लाख   र गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको थियो।  
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  २२:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP