शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • लुकाकुलाई पुन:भित्र्याउने चेल्सीको तयारी
लुकाकुलाई पुन:भित्र्याउने चेल्सीको तयारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ १७, २०७८
gf
बेलायत । थोमस टुकलले प्रिमियर लिगमा दाबेदारी प्रस्तुत गर्नका लागि योजना बुनिरहँदा चेल्सीले रोमेलु लुकाकुलाई पुनः अनुबन्ध गर्ने तयारी गरेको बेलायती पत्रिका डेली मेलले जाएको छ । चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र यसका लागि इन्टर मिलानका फरवार्ड सबैभन्दा उपयुक्त पात्र भएको क्लबको ठहर छ । हालै युरोपियन च्याम्पियन बनेको चेल्सीले डिफेन्सिभ रेकर्ड राम्रो बनाए पनि जर्मन प्रशिक्षकको नेतृत्वमा क्लबले ३० खेलमा मात्र एक खेलमा २ गोलभन्दा बढी गरेको छ । यदी अर्को सिजन लिगमा म्यान्चेस्टर सिटीको दबदबा अन्त्य गर्ने हो भने टुकलले फ्रन्टलाइनमा पनि सुधार गर्न आवश्यक रहेको छ । इन्टरलाई सिरिए ए को उपाधि दिलाउन लुकाकुले ३३ गोल गरे पनि आर्थिक दबाब कम गर्न इटालियन क्लब उनका लागि आउने अफरबारे पुनर्विचार गर्न तयार रहेको छ । टुकलले यसअघि टोटनह्यामका स्टार ह्यारी केनलाई अनुबन्ध गर्न चाहेको इच्छा व्यक्त गरे पनि दुई क्लबबीचको प्रतिद्वन्द्वीताका करण यो सम्भव देखिएको छैन । त्यस्तै, क्लबले बोरुसिया डर्टमण्डका स्ट्राइकर अर्लिङ हालान्डमाथि पनि नजर राखिरहेको छ । तर, यतिबेला लुकाकु उसको मुख्य लक्ष्य रहेको छ । चेल्सीले यसअघि बेल्जियमका स्ट्राइकरलाई १८ वर्षको उमेरमा नै अनुबन्ध गरेको थियो । तर, क्लबका लागि उनले त्यतिबेला एक खेल मात्र खेल्न पाए । वेस्ट ब्रोमिच आल्बियोन र एभर्टनमा सफल लोन स्पेलपछि उनी एभर्टनसँग २८ मिलियन पाउन्डमा सन् २०१४ मा आबद्ध भए । हाल २८ वर्ष रहेका लुकाकुका लागि इन्टरले १०० मिलियन पाउन्डको हाराहारीमा रकम माग गर्ने बुझिएको छ । एजेन्सी/रातोपाटी
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP