बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो । मुस्ताङ देखि बेनी तर्फ आउँदै गरेको ग २ ख १८९ नम्बरको ट्रक हिलोमा फसेको हो ।
[caption id="attachment_29030" align="alignnone" width="1702"]
फाइल तस्बिर[/caption]
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ईलाका प्रहरी कार्यालय दानाको प्रहरी टोली सडक खुलाउन खटिएको छ। सडक खुल्ला नहुदा सम्म सवारी साधन केही समयको लागि सुरक्षित स्थानमा होल्ड हुनको लागि स्थानिय प्रहरीले अनुरोध समेत गरेको छ ।