शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाका अध्यक्ष रोकाद्धारा गोबिन पुनलाई भोट दिन अपिल
मालिका गाउँपालिकाका अध्यक्ष रोकाद्धारा गोबिन पुनलाई भोट दिन अपिल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ३१, २०७८
inbound3796269676576588365
बेनी । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले गोविन पुन मगरलाई भोट दिन अपिल गर्नुभएको छ । नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ’ सिजन-३को भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप १२) मा पुग्न सफल गोविनलाई  गाउँपालिका अध्यक्ष रोका मगरले भोटको अपिल गर्नुभएको हो । गोविन म्याग्दीको मालिका गाउँपालिका–४,सिस्नेरी पुर्ख्यौली घर भई हाल रुपन्देहीको सैनमैनामा बस्दैै आउनुभएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुने यो प्रतियोगितामा देशभरबाट करिब ४ हजार जनाले भाग लिनुभएको थियो । ती मध्ये डिजिटल अडिसन, ब्लाइन्ड अडिसन,ब्याटल राउण्ड र नकआउट राउण्डमा छनोट हुंदै गोबिन सहित १२ जना भोटिङ राउण्डमा आइपुग्नुभएको हो । ‘भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप–१२)मा पुग्न सफल गोबिन पुनलाई भोट दिएर सहयोग गर्न सबैमा अपिल गर्दछु ,’–अध्यक्ष रोका मगरले भन्नुभयो । अध्यक्ष रोका मगरले गोबिनको प्रतिभाका कारण पनि सबैबाट भोट पाउनेमा विश्वास व्यक्त गर्नुभयो । स्वर्गिय बुवा टेकबहादुर पुन (टिका) र आमा दिवा पुनका कान्छा छोरा गोबिन लामो समयदेखि सांगितिक क्षेत्रमै क्रियाशील हुनुहुन्छ । गोबिनका आमा दिवा सहित एक दाजु र दुई बहिनी हुनुहुन्छ । दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी हरेक हप्ता बाहिरिंदै जाने छन् र सबैभन्दा धेरै भोट पाउनेले उपाधि जित्ने छन् । यसैगरी ,गोबिनले पुन आफूलाई भोट दिन अपिल गर्नुभएको छ । दर्शकले दिने भोट निर्णायक हुने भन्दै गोविन पुनले दर्शक–श्रोताले भोट दिनेमा विश्वास व्यक्त गर्नुभयो । पोखरामा पश्चिम म्याग्दी मगर युथ क्लका अध्यक्ष निरज पुनले गोबिन पुनलाई भोटको अपिल गर्नुभएको छ । गोबिनको भोटिङ कोड नम्बर ४ रहेको छ ।भोट गर्न नेपाल टेलिकम र एनसेलबाट एसएमएस मार्फत ०४ टाइप गरेर ३७०००मा पठाउन सकिन्छ भने प्रभु पेको एप डाउनलोड गरेर भोट गर्न सकिनेछ ।  
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १२:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP