शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • हातेमालोको आँगनमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
हातेमालोको आँगनमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख ७, २०७६
57504074_285687925700136_7308288588204998656_n

बागलुङ ,शनिबार बैशाख ७ गते ।

हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सय भन्दा वढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरु लाई एकै ठाउँमा उभ्याएर कार्यक्रम सम्पन्न भएको हो ।

पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी साधनारत सर्जकहरु विशेष गरी पर्वत साहित्य संगम पर्वतका उपाध्यक्ष कुशल सर्जक, मुक्तककार डि।आर शर्मा, वाग्लुङका सर्जक, गजलकार, पत्रकार महासंघ वाग्लुङका अध्यक्ष दिल श्रीस र म्याग्दीका सिर्जनशिल प्रखर कवि घायलश्री का साहित्यिक सिर्जनाहरुमा सर्जकहरु झुमेका हुन् ।

३ चरणमा गरिएको कार्यक्रममा सर्जकहरुले व्यापक मनोरञ्जनात्कता प्रदान गर्दै ओजनदार सिर्जना वाचन द्धारा साहित्यिक माहोल उचालेका थिए । सर्जकका सिर्जनाहरुमा वर्तमान समसामयिक व्यथिती,व्यङ्ग्य,खवरदारी,श्रृङ्गारिकता लगायतको भाव झल्किएको थियो ।सर्जकको व्याक्तित्व परिचका साथमा सुरु भएको कार्यक्रममा धौलागिरीका विभिन्न व्याक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

रत्न श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्राज्ञ प्रेम छोटा, धौलागिरी साहित्य प्रतिस्ठान वाग्लुङका संस्थापक अध्यक्ष काजी रोशन,पर्वत साहित्य संगमका संरक्षक इन्द्रकुमार विकल्प, पर्वत साहित्य संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्री,वर्तमान अध्यक्ष राजेन्द्र पहाडी,सचिव खेमराज शर्मा चापागाई, धौलागिरी वहुमुखी क्याम्पसका पुर्व सहायक प्रध्यापक लक्ष्मीप्रसाद शर्मा पौडेल, धौलागिरी कला तथा साहित्य मञ्च वाग्लुङका संस्थापक सल्लाहकार निर्मल पौडेल एन।

पी घायल, अध्यक्ष सिर्जना कार्की ,पर्वत साहित्य संगमका आजीवन सदस्य दिपसागर पौडेल, वुलवुल साहित्यिक पत्रिका म्याग्दीका सम्पादक चन्द्र वहादुर लामिछाने,म्याग्दी साहित्य सञ्चारकाका उपाध्यक्ष सन्दिप खत्री,नन्दकला हरिलाल साहित्य प्रतिष्ठानका संरक्षक गणनाथ पौडेल, लगायत अन्य सर्जकहरुको उपस्थिती रहेको थियो ।

समापन कार्यक्रममा वोल्दै हातेमालो साहित्य संगम वाग्लुङकी अध्यक्ष सरु पौडेलले साहित्यको उत्थानको लागि कार्यक्रमको आयोजना गरेको वताइन् । पौडेलले आगामी दिनमा अझै साहित्यको विकास र सिर्जनमा संस्था लागिपर्ने दृढता व्यक्त गरेकी छन् ।

हातेमालो साहित्य संगम वाग्लुङका अध्यक्ष सरु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष लक्ष्मी पुन मगर र संञ्चालन संस्थाका सचिव मगर प्रेमले गरेका थिए । यसरी सर्जकहरु छनोट गरी एकैठाउँ राखेर कार्यक्रम गर्दा साहित्य प्रतिको लोकप्रियता, सर्जकहरुको आत्मसम्मान संगै आपसी सद्भाव कायम हुनुका साथै कृति तथा सिर्जनाहरुको मुल्य वढ्दै जाने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १९:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP