शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै
टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन १३, २०७८
sing gaurika
काठमाडौँ । टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्। उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्। यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ। यो प्रतिस्पर्धामा सात वटा हिट हुनेछन्। सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ। सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन्। जारी ओलम्पिकको शीर्ष १६ भित्र पर्न गौरिकाले कम्तिमा ५४ सेकेन्डको टाइमिङ निकाल्नु पर्ने हुन्छ। यो स्पर्धामा सहभागी अधिकांश खेलाडीले ५३ र ५४ सेकेन्ड निर्धारित दूरी पार गर्ने गरेका छन्। यो स्पर्धाको विश्व कीर्तिमान ५१.७१ सेकेन्ड रहेको छ। टोकियो ओलम्पिकमा यसअघि अर्का पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए। सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्। यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा पर्सी शुक्रबार प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ। यसअघि जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्। गत शनिबार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्। शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्। कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। सेतोपाटीबाट
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १०:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP