शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्‍चितकालका लागि स्थगित
अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्‍चितकालका लागि स्थगित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ ८, २०७८
khel
काठमाडौं । अफगानिस्तान र पाकिस्तानबीचको तीन एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित भएको छ । दुई बोर्डका पदाधिकारीहरूबीच अफगानिस्तानको अस्थिर अवस्था र श्रीलंका जानका लागि हुने सहजताका विषयमा छलफल भएको थियो । अफगानिस्तानको अहिलेको अवस्थाका कारण खेलाडीहरूको मानसिक अवस्था राम्रो नरहेकाले शृंखलालाई सार्न दुबै बोर्डमा पदाधिकारी सहमत भएका हुन् । यस श्रृंखलालाई २०२२ मा गर्नका लागि प्रयास गरिने पाकिस्तानी क्रिकेट बोर्डले जारी गरेको ट्वीटमा उल्लेख छ । अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद सिनवारीले यसअघि पाकिस्तानमा शृंखला सार्ने प्रयास भएपनि अन्ततः यसलाई स्थगित गर्ने निर्णयमा पुगेको बताए । तालिवानले अफगानिस्तान कब्जा गरेयता काबुलबाट कुनै पनि व्यवसाहिक उडानहरु सञ्चालन भइरहेको छैन, त्यसैगरी शुक्रबारमात्रै श्रीलंकाले आफ्नो देशमा १० दिने लकडाउन घोषणा गरेको छ । यहाँ, बुधबार एकैदिन ३ हजार ७ सय ९३ जनामा कोरोना देखिएको थियो भने त्यसदिन सर्वाधिक १ सय ८७ जनाले ज्यान गुमाएका थिए । अफगानिस्तानको टोलीले सडकमार्ग हुँदै पाकिस्तान, त्यसपछि हवाई मार्गबाट दुबई र त्यहाँबाट कोलम्बो जाने अनुमान पनि लगाइएको थियो, तर कोभिड १९ प्रोटोकलका कारण यो घुमाउरो रुट पनि चुनौतीपूर्ण थियो । त्यहीकारण पाकिस्तानमा खेल सार्ने विषयमा पनि छलफल भएका थियो । ‘यस साँझसम्म हामी पाकिस्तानसँग शृंखला खेल्न सहमत थियौं । र, उनीहरुले दिएको सहयोगका लागि हामी धन्य छौं,’ सिनवरीले भने,‘तर त्यसपछि अवस्था बुझ्न, विशेषगरी हाम्रा खेलाडीको मानसिक अवस्थाका कारण उनीहरु तयार छैनन् भन्ने हामीलाई लाग्यो । उनीहरु तयार छैनन् भन्ने हामीले थाहा पायौं । हामीलाई क्याम्पको जरुरी थियो र खेलाडीहरुलाई मौसममा अभ्यस्त गराउनका लागि समय पनि लाग्ने थियो ।’ उनले थपे,‘हामीले धेरै समय गुमाइसकेका छौं र पाकिस्तानविरुद्ध छोटो तयारीले पुग्दैन । पाकिस्तान राम्रो टोली हो र उसको घरमा खेल्नका लागि पूर्ण तयारी आवश्यक पर्छ । बिडम्बना, अहिले हामी त्यस्तो अवस्था छनौं र अनिश्चितकालका लागि यो खेल सरेको छ ।’ तालिवानले सत्ता कब्जा गरेपनि अफगानिस्तानको १७ सदस्यीय राष्ट्रिय टोली पाकिस्तानविरुद्ध तयारी गर्नका लागि गत साता काबुलमा भेला भएको थियो । यता, पाकिस्तानले भने समयमै टोली घोषणा गरिसकेको थिएन । रातोपाटी/एजेन्सी
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १४:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP