शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ओमानमा नेपाली क्रिकेट टिमको तयारी
ओमानमा नेपाली क्रिकेट टिमको तयारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ ११, २०७८
3
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ९पीएनजी०सँगको एकदिवसीय खेलका लागि नेपाली क्रिकेट टिम हाल ओमानमा छ । सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत शुरु गरेको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ ।ओमान पुगेपछि नेपाली खेलाडी र अफिसियलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि टोलीले बिहीबार प्रशिक्षण शुरु गरेको हो । नेपालले लिग–२ सिरिजअघि पीएनजीसँग सेप्टेम्बर ५ र ८ मा एकदिवसीय खेल खेल्नेछ । त्यसपछि नेपालले लिग–२ अन्तर्गत पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ मा खेल्नेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा यस पटक १७ सदस्यीय टोली ओमान गएको छ । जसमा गुल्शन झा नयाँ अनुहारको रुपमा छन् । गुल्शनसँगै विक्रम सोव, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी छ । गत वैैशाखमा नेपालमै भएको टी–२० त्रिकोणात्मक सिरिजमार्फत टी २० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस पटक एकदिवसीय अन्तर्राष्ट्रियमा पनि ओपनिङ गर्ने सम्भावना छ । सन् २०२० फेब्रुअरीमा नेपालमै लिग २ को सिरिज खेलेपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान) अनलाइनखबरबाट
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १६:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP