शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना आइईसीको तेस्रो महाधिवेशन पर्यटकीय स्थल घोडेपानीमा
मोना आइईसीको तेस्रो महाधिवेशन पर्यटकीय स्थल घोडेपानीमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, वैशाख ३०, २०७६
mona programe (1)

बेनी ,सोमबार बैशाख ३० गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिती (मोना आइईसी)को तेस्रो महाधिवेशन पर्यटकिय स्थल घोडेपानीमा हुने भएको छ ।


म्याग्दीको सामाजिक,आर्थिक ,भौतिक तथा विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आइरहेको मोना आइईसीको आगामी अक्टोवर महिनामा हु्ने तेस्रो महाधिवेशन अन्नपुर्ण गाउँपालिका ६ पर्यटकीय स्थल घोडेपानीमा गर्ने कार्यक्रम तय भएको मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र स्थानिय संगको छलफलबाट होटेल व्यवसायी समितिको व्यवस्थापन सहयोगमा तेस्रो महाधिवेशन घोडेपानीमा गर्ने निर्णय भएको हो ।

म्याग्दी भ्रमण बर्षलाई लक्ष्यित गरि मयाग्दीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ,पर्यटकीय स्थल घोडेपानी को पर्यटन प्रवद्र्धन विकासमा टेवा पु¥याउन महाधिवेशन घोडेपानी मा गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । घोडेपानी मा पर्यटन प्रवद्र्धनका कार्यहरु के के भएका छन् ,बुझ्न सहज हुने र म्याग्दीका अन्य सम्भावित पर्यटकीय स्थलको पहिचान गर्न महाधिवेशनले ठुलो भुमिका खेल्ने उहाँको भनाई छ ।

मोनाको पहिलो महाधिवेशन सदरमुकाम बेनी र दोस्रो महाधिवेशन दरबाङमा भएको थियो । अध्यक्ष थापाले महाधिवेशनलाई सभ्य एवम् भव्य रुपमा सफल बनाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

मोनाको बार्षिक कार्यक्रम तथा योजनाको बारेमा जानकारी दिँदै अध्यक्ष थापाले मोना आइईसीको पहलमा म्याग्दी ,बागलुङ ,र पर्वतका सामुदयिक विद्यालयमा संचालित विद्युतीय पुस्ताकालयको अवस्था, संचालन र प्रभावकारीताको अनुगमन गरी नेपाल लाईबेरी फाउण्डेशनको प्राविधिक सहयोगमा बेनीमा प्राविधिक पुनर्ताजकीय तालिम संचालन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीमा ४४ ,बागलुङमा १९ र पर्वतमा १६ वटा विद्यालयमा विद्युतीय पुस्ताकालय स्थापना गरिएको छ ।

यसैगरी स्थगित भएको निर्माणधिन मोना– लभ्ली हिल पर्यटन पदमार्गको काम आइतबार देखी सुचारु हुने जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ ,बेनी नगरपालिका र मोना कार्यसमितीका पदापधकारीको विचमा भएको त्रिपक्षिय छलफलबाट स्थगित मोना– लभ्लीहिल पर्यटन पदमार्गको निर्माण कार्यलाई आइतबार देखी सुचारु गर्ने निर्णय भएको हो ।

पदमार्ग सुचारु गर्नका लागि अधयक्ष थापा सहित मोना बेनी लभ्ली हिल कार्यदल संयोजक एवम् मोना आइईसीका उपाध्यक्ष ओम नारायण जुग्जाली मगर,बेनपा मेयर हरिकुमार श्रेष्ठ र उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो ।


यसैगरी महिला तथा बालबालिकालाई सघाउने उदेश्यले स्थापना भएको अक्षयकोषको विधिवत रुपमा जिल्ला प्रशासन कार्यलय म्याग्दीमा दर्ता गरीएको छ । ‘महिला तथा बालबालिका ट्रस्ट’ नाम दिइएको अक्षकोषको खाता प्रभु बैंकको बेनी शाखाबाट संचालनमा ल्याइएको छ । अक्षयकोषको खाता नं ०९५००१०१२६७४०६०००००१ रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

मोनाले सुरुवात गरेको समृद्ध म्याग्दी निर्माणका लागि प्रदेश सरकार संग सहकार्य गरी अगाडी बढ्ने निर्णय भएको बताउनुभयो । समृद्ध म्याग्दी निर्माणका लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले मोनाले सुरुवात गरेको समाजिक कार्यमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक रुपान्तरणको लागि गुणस्तरिय शिक्षा आवश्यक रहेको बताउनुहुँदै मन्त्री पुन मगरले शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।


प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १०:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP