शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति
मोदीको पुत्ला जलाइएको प्रति गृह मन्त्रालयको आपत्ति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २०, २०७८
mantralaye
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला काठमाडौंमा दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ। छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको हो। गृहका सहसचिव फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति निकालेर ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ’ भनिएको छ।सरकार नेपाली भूमिमा सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ ग्रगाढ बनाउन चाहने पनि विज्ञप्तिमा उल्लेख छ। कुनै समस्या देखिएमा कुटनीतिक माध्यमबाट समाधान गरिने पनि गृहको भनाइ छ। मित्रराष्ट्रहरू विरूद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी छ।भदौ १९ मा दार्चुलास्थित तुइन घटनाको विरोधमा अनेरास्ववियूले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका थिए भने भदौ १८ गते माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) का विद्यार्थीले प्रदर्शनीमार्गमा मोदीको पुत्ला दहन गरेका थिए। तुइनको लठ्ठाबाट महाकाली नदीमा झरेका जयसिंह धामी बेपत्ता छन्। अनेरास्ववियूले उनको परिवारलाई न्याय दिन माग गर्दै र मोदीको विरोधमा पुत्ला दहन गरेका थिए।गृह मन्त्रालयले बनाएको छानविन समितिले भारतीय सीमा सुरक्षा बल एसएसबीको उपस्थितिमा घटना भएको देखिएको उल्लेख भए पनि तुइनको लठ्ठा एसएसबीले फुस्काउँदा धामी महाकालीमा खसेको भन्ने सन्दर्भबारे प्रतिवेदन मौन छ। सेतोपाटीबाट
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १४:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP