शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ३ खेलाडीको डेब्यु
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ३ खेलाडीको डेब्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २२, २०७८
bikram
काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँग मंगलबार भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले तीन खेलाडीलाई डेब्यु गराएको छ । अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले ब्याट्सम्यानद्वय आसिफ शेख, कुशल भुर्तेल र बलर विक्रम सोबलाई डेब्यु गराएको हो । ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपालले तयारीका क्रममा पीएनजीसँग खेलिरहेको छ।वैशाखमा काठमाडौंमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० प्रतियोगिताले कुशल भुर्तेल र आसिफ शेखलाई स्थापित गरेको थियो । जबकि उनीहरूले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न बाँकी नै थियो । पपुवा न्युगिनीसँगको आजको खेलबाट यी दुईले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी–२० मा ओपनिङ ब्याटिङ जोडी कुशलले ५ खेलमा २ सय ७८ र आसिफले १ सय ५४ रन बनाएका थिए । यी दुईको उदय र पारसको संन्यासपछि कप्तान ज्ञानेन्द्र मल्ल पुनः तेस्रो नम्बरको ब्याटिङमा फर्किने निश्चित छ । चौथो नम्बरमा आरिफ शेख र शरद भेषावकरमध्ये एकले खेल्न सक्छन् । पाँचौंदेखि सातौं नम्बरमा क्रमशः दीपेन्द्र, कुशल मल्ल र विनोद भण्डारीले खेल्ने तय भए पनि दीपेन्द्रले चोट बोकेको बताइएको छ । बाँकी चार स्थान बलरको हुनेछ । त्यसमा एक्लो स्पिनरको रूपमा सन्दीप लामिछाने हुनेछन् भने तीन तीव्र गतिका बलर हुनेछन् । जसमा दुईजना सोमपाल कामी, करण केसी छन् । टोलीका अर्का तीव्र गतिका बलर विक्रम सोबले डेब्यु गर्ने मौका पाएका छन् । पारसबिना नेपालले पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । अघिल्लो साता ओमान पुगेसँगै डेव ह्वाटमोरले नेपालको प्रशिक्षकको रूपमा यो आफ्नो अन्तिम भ्रमण हुने बताएका थिए । ह्वाटमोरकै प्रशिक्षणमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट खेलिरहेको छ । ekantipurबाट
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १२:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP