शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पिएनजीविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन-सन्दिपले ३ विकेट लिँदा विक्रम र कुशलले लिए २-२ विकेट
पिएनजीविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन-सन्दिपले ३ विकेट लिँदा विक्रम र कुशलले लिए २-२ विकेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २२, २०७८
cricet
काठमाडौँ । ओमानमा जारी पपुवा न्युगिनीविरुद्धको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले मंगलबार राम्रो सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले २५ ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै सय रन पुरा गरेको छ।नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए । बिक्रम शोब र कुशल मल्लले समान २-२ विकेट हात पारे। पिएनजीका लागि लेगा शैकाले ३० रन बनाउँदा चार्लेस आमिनीले २३ रन बनाए। यसअघि पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड भए भने उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भाला ४ रन बनाएर आउट भए। यस्तै शेशे बाउले १४ रन बनाउँदा किपलिन दोरिगाले १५ रन जोडेर आउट भए। नेपालका लागि डेब्यू खेलाडी विक्रम शोबले धारिलो बलिङ गर्दै सुरूवाती २ विकेट लिए । उनले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड गर्दै पवेलियनको बाटो देखाए । एकदिवसीय क्रिकेटमा डेब्यु जनाउने क्रममा विक्रमले दोस्रो सिकारका रुपमा उरालाई स्थानान्तरण गर्न क्रिजमा आएका कप्तान असाद भालालाई आउट गरे । चार रन बनाएका भेलालाई विक्रमले आरिफ शेखको हातबाट क्याच गराएका थिए । विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई खेलको शृंखला खेल्न लागेको हो । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका र ओमानका राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिदेशीय शृंखला भदौ २८ देखि असोज चार गतेसम्म ओमानमा हुनेछ। सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १३:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP