शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल
राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २७, २०७८
ahahd
बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ ।नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ । तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन आनाकानी गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराइमा अनुसन्धान जारी रहेको र केही दिनमा नक्कली अन्तशुल्क स्टिकर कुन उद्योगमा प्रयोग भइरहेको छ भन्ने खुल्ने बताउनुभयो । भदौ ५ गते बरामद भएको थियो नक्कली अन्तशुल्क स्टिकर रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । दुवै जनालाई अहिले पनि प्रहरी नियन्त्रणमा राखी अनुसन्धान जारी राखिएको छ । उक्त स्टिकरबारे अनुसन्धान गर्दै जाँदा आन्तरिक राजस्व कार्यालय भैरहवाले नवलपरासीको दीक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टार सोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद ग¥यो । बरामद मदिराको नमूनासहित अनुसन्धानका लागि विभागमा पठाइएको छ । सो स्टिकरको अनुसन्धानको क्रममा क्रिष्टल डिस्टिलरीमा छापा मारेर शिल गरिएको हो । राजस्व र भन्सार कर्मचारीको मिलेमतोको आशंका मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयका एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । उनकै निर्देशनमा अन्तशुल्कका स्टिकर टाँस्ने र निकासीका लागि राजस्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ । आन्तरिक राजस्व कार्यालयका कर्मचारीको मिलोमतोविना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन सम्भव नहुने जानकारहरु बताउँछन् । त्यसैले यो घटनामा आन्तरिक राजस्व कार्यालयका कर्मचारी र भन्सारका कर्मचारीको संलग्नताको आशंका गरिएको छ । ‘भारतमा छापेर नेपालमा अन्तशुल्कको स्टिकर ल्याउने धन्दामा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने भएकाले भन्सारमा कार्यरत कर्मचारीमाथि पनि छानविन गर्न जरुरी छ,’ एकजना सरकारी अधिकारीले भन्नुभयो । अनलाइनखबरबाट
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १०:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP