शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • १८ वर्षीया एम्मा राडुकानुले जितिन् यूएस ओपन
१८ वर्षीया एम्मा राडुकानुले जितिन् यूएस ओपन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २७, २०७८
bacja
एजेन्सी । एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन्। १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६–४, ६–३ ले हराएकी थिइन्। ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी भर्जिनिया वेड खेल हेर्न उपस्थित थिइन्। उपाधिसँगै राडुकानुले १८ लाख अमेरिकी डलर पुरस्कार पाइन् भने अब उनी विश्वकी २३औँ वरियताकी र ब्रिटेनकी पहिलो वरियताकी टेनिस खेलाडी हुनेछिन्। यो विजयसँगै राडुकानु .सन् १९६८ मा भर्जिनिया वेडले जितेयता यूएस ओपन जित्ने पहिलो ब्रिटिश महिला बनेकी छन् .ग्रान्ड स्लाम उपाधि जित्ने छनौट प्रतियोगिताबाट आएकी पहिलो खेलाडी बनेकी छन् .सन् २००४ मा मारिया सारापोभाले विम्बल्डन जितेयता ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् .ग्रान्ड स्लाम जित्ने ब्रिटेनकी सबैभन्दा कान्छी खेलाडी बनेकी छन् .सन् २०१४ मा सेरेना विलियम्सपछि एउटा पनि सेट नहारी यूएस ओपन जित्ने पहिलो खेलाडी बनेकी छन्। विजयपछि ब्रिटिश महारानीले राडुकानुलाई बधाई दिएकी छन्। 'तपाईँको सफलतामा म तपाईँलाई बधाई दिन्छु,' महारानीले भनेकी छन्। 'युवा उमेरको यो असाधारण सफलता हो र तपाईँको कडा मिहेनत र समर्पणको प्रमाण हो।' 'तपाईँको र तपाईँको प्रतिद्वन्द्वी लेला फर्नान्डेजको उल्लेखनीय प्रदर्शनले आउँदो पुस्ताको टेनिस खेलाडीलाई प्रोत्साहित गर्ने कुरामा मलाई शङ्का छैन।' ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्वीट गर्दै बधाई दिएका छन्। बीबीसीबाट
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ११:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP