शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सिपमूलक व्यवसायका लागि आधारभूत व्युटीपार्लर तालिम
सिपमूलक व्यवसायका लागि आधारभूत व्युटीपार्लर तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ३१, २०७६
IMG_6345

प्रताप बानियाँ
म्याग्दी, मंगलबार बैशाख ३१ गते ।
सिपमूलक व्यवसाय सञ्चालन गर्नका लागि म्याग्दीको सदरमुकाम बेनीमा आधारभूत व्युटी पार्लरसम्बन्धी तालिम सुरु भएको छ ।

मंगला गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजनामा व्युटी पार्लरसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

बेरोजगार युवाहरुलाई सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित आधारभूत व्युटीपार्लर तालिमको सुरुवात गरिएको आयोजकले जनाएका छन् । तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले समृद्ध मुलुक र सुखी नेपाली बन्नका लागि पेशा व्यवसायमा लागेर व्यावसायिक उद्यमी बन्नुपर्ने बताएका छन् ।

उनले सौन्दर्यको पक्ष पनि मानिसको एक गहना भएकोमा जोड दिँदै गरिबी हटाउन र समृद्धि ल्याउनका लागि सबै रोजगारका क्षेत्रमा लाग्नुपर्ने आवश्यकता रहेको बताए । मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकामार्फत विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिएको बताउँदै महिलाहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको जानकारी दिएकी छिन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख चन्द्रशेखर सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले सिप सिकेर व्यवसाय गर्न सकेमा तालिमले सार्थकता पाउने बताउँदै तालिमलाई परिणाममुखी बनाउनुपर्ने बताए । मंगला गाउँपालिकाका उपाध्यक्ष केसीको अध्यक्षता, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सरिता गौतमको स्वागत र तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मंगला–२, बाबियाचौरका वडा सदस्य चक्रलाल पाण्डेले मन्तव्य राखेका थिए ।

आगामी असार ११ गते डेढ महिनाको अवधिसम्म सञ्चालन हुने तालिममा मंगला गाउँपालिकाका १२ जना युवा महिलाहरुको सहभागिता रहेको छ । बेनीको प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरमा सञ्चालित तालिमको पार्लरका प्रोप्राइटर गंगा थापा कार्कीले प्रशिक्षण दिने आयोजकको भनाइ छ । गाउँपालिकाले तालिमका सहभागीको खर्च र घरेलु कार्यालयले खाजा तथा प्रमाणपत्रको व्यवस्थापन गर्ने भएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३१, २०७६  १६:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP