शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • अमेरिका विरुद्ध नेपाल ५ विकेटले विजयी
अमेरिका विरुद्ध नेपाल ५ विकेटले विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २९, २०७८
FB_IMG_1631556305758
काठमाडौं । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले २ सय ३० रनको योगफल तयार गरेको थियो । निर्धारित पूरा ५० ओभर खेलेको अमेरिकाले ९ विकेटको क्षतिमा सय २३० रन जोड्न सफल भएको थियो । दोस्रो इनिङमा २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि पहिलो विकेटका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाउनुभएको थियो । दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै अर्धशतक पूरा गर्नुभएका कुशलले ८४ रनको महत्त्वपूर्ण इनिङ खेल्नुभयो । ओडीआईमा पहिलो अर्धशतक बनाउनुभएका कुशलले ९३ बलमा ३ चौका र ३ छक्कासहित ८४ रनको इनिङ खेल्नुभएको थियो । कप्तान ज्ञानेन्द्र १७ रन बनाएर पेभेलियन फर्केँसँगै क्रिजमा उत्रिनुभएका रोहितले ६२ रनको अविजित अर्धशतकीय इनिङ खेल्नुभयो । नेपालका लागि ८७ बलको सामना गरेका कुशलले २ चौका र ३ छक्का प्रहार गर्नुभएको थियो ।  
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ००:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP