शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अमेरिकाविरूद्ध रोहितले बनाए कीर्तिमान
अमेरिकाविरूद्ध रोहितले बनाए कीर्तिमान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २९, २०७८
rohit
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालका लागि बढी अर्धशतक बनाउने कीर्तिमान बनाएका छन्। सोमबार राति अमेरिकाविरूद्ध रोहितले नटआउट ६२ रन जोडेका थिए । उनले ८७ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए। खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो। अमेरिकाविरुद्ध रोहितले करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन्। नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा कप्तान ज्ञानेन्द्र मल्ल छन्। उनले दुई अर्धशतक हिर्काएका छन्। नेपालले एकदिवसीय खेलमा अहिलेसम्म १२ अर्धशतक र एक शतक प्रहार गरेको छ। रोहितले नेपालका लागि एकदिवसीय खेलमा लगातार दुई अर्धशतक बनाउने कीर्तिमान पनि बनाए। यसअघि रोहितले पपुवा न्युगिनीविरुद्धको खेलमा ८६ रन जोडेका थिए। अमेरिकाविरुद्धको खेलमा रोहितले आफ्नो नाममा थप एक कीर्तिमान लेखाउन सफल भए। उनले नेपालका लागि पाँचौ विकेटको सर्वाधिक ठूलो साझेदारी गर्ने क्रममा विनोद भण्डारीसँग मिलेर ८३ रन जोडे। रोहित र ज्ञानेन्द्रको नाममा एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक रनको साझेदारी गर्ने कीर्तिमान पनि छ। रोहित र ज्ञानेन्द्रले चार दिन अघि पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ११:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP