शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • शतकबाट चुके पनि टिमको जितबाट खुशी छु : कुशल भुर्तेल
शतकबाट चुके पनि टिमको जितबाट खुशी छु : कुशल भुर्तेल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २९, २०७८
bhuttel
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दा ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । कुशल र रोहित पौडेलको अर्धशतक सहयोगमा नेपालले अमेरिकाले दिएको २३१ रनको लक्ष्य एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो । ओडीआई करियरमा पहिलो अर्धशतक बनाएका कुशल शतकको नजिक पुगे पनि खेल बिचमै आउट भए । नेपालको जितमा कुशलले महत्वपूर्ण योगदान गरे । उनले आसिफ शेखसंग ओपनिङ गर्दै कीर्तिमानी साझेदारीसमेत गरे ।कुशल र आसिफले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । यसअघि २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ओपनिङ गर्दै ६१ रनको साझेदारी गरेका थिए । आफ्नो र नेपालको प्रदर्शनबाट सन्तुष्ट रहेका कुशल शतक बनाउनबाट चुक्दा भने केही निराश थिए । खेलको म्यान अफ दि म्याचसमेत बनेका कुशलले जितपछि आफ्नो प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । ‘ओभरअल हेर्ने भने पहिलो पारीमा बलरहरुले राम्रो गर्नुभयो। फिल्डिङ साइड पनि राम्रै भयो । हामीलाई २३० रन बनाउन यो ग्राउण्डमा सजिलै थियो । ब्याटिङमा सजिलै भयो । सुरुमा राम्रो सुरुवात भयो’ कुशलले भने, ‘व्यक्तिगत प्रदर्शनबाट खुशी छु । सिरिजको पहिलो खेल हो सकरात्मक सुरुआत भाछ । खुशी नै लाग्छ ।’खेल फिनिस गर्न नपाइ आउट भएकोमा भने कुशल केही निराश रहे । ‘आउट हुँदा सन्तुष्ट छैन । नटआउट भएर जिताको भएर सन्तुष्ट हुन्थेँ । म आउट भएर टिममा अलिकति प्रेसर भयो । तर रोहितले राम्रो गर्‍यो’ कुशलले भने, ‘सेन्चुरी मिसभन्दा पनि टिमले जितेकोमा राम्रो लागेको छ ।’ उनले आफू बिचमा खेल छाडेर निस्कनुपर्दा निराश भएको बताए । ‘आउट नै भए पनि म आफैलाई देखेर निराश थिएँ । यति खेलेर सकाएको भए राम्रो देखिन्थ्यो । बिचमा छाडेर आउनुपर्दा नराम्रो लाग्यो,’ उनले भने ।कुशलले यसअघि पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा भन्दा अमेरिकाविरुद्धको खेल फरक योजनाका साथ खेलेको बताए । ‘पीएनजीसँग खेल्दा म आँफैले सोचिरहेको थिएँ, म आँफैले एनालाइज गरिराथेँ । म कसरी टी-२० खेल्दछु कसरी वानडे खेल्छु भनेर’ भुर्तेलले भने, ‘युएसएसँगको खेलमा चाहिं म छुट्टै योजनामा आएको थिएँ। अगाडि थोरै एग्रेसिभ खेल्छु र पछाडि स्लो खेल्छु भनेर । त्यो चाहिं फाइदा भयो मलाई पनि टिमलाई पनि । म छुट्टै प्लानमा आएको थिएँ । पिएनजी भन्दा युएसए राम्रो थियो । त्यसैले छुट्टै रणनीतिमा खेलेँ ।’ओपनिङमा कीर्तिमानी साझेदारी गरेका भुर्तेलले राम्रो सुरुआत दिने योजना अनुसार नै खेलेको बताए । ‘हतार थिएन । आशिफ र मेरो योजना राम्रो सुरुआत दिने भन्ने योजना थियो। सुरुको ५-६ ओभर कन्ट्रोल गरे राम्रो हुन्छ भन्ने थियो । त्यही अनुसारले खेलेपछि राम्रो पनि भयो,’ उनले भने ।कुशल र आसिफले ६६ रनको साझेदारी गर्दै ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि बनाएको ६१ रनको साझेदारीको कीर्तिमान तोडे । ओडीआईमा नेपालका लागि सर्वाधिक साझेदारी गर्ने कीर्तिमान भने कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलको नाममा छ । उनीहरुले सिरिजअघि पीएनजीविरुद्धको खेलमा तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।कुशल भुर्तेलले सिरिजमा राम्रो सुरुआत भएकोले अब ओमानविरुद्ध पनि राम्रो खेल्ने योजना रहेको बताए । ‘टिमलाई सबैले राम्रो गरेको छ । राम्रो सुरुआत भएको छ । ब्याटिङ, बलिङ, फिल्डिङ सबैमा राम्रो भएको छ । ओमनसँग पनि राम्रो गर्ने योजना छ,’ उनले थतपे ।नेपालले सिरिजको दोस्रो खेलमा आजै घरेलु टोली ओमानसँग खेल्दैछ । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  ११:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP