शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • युभेन्ट्स रेलिगेसन जोनमा
युभेन्ट्स रेलिगेसन जोनमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज ४, २०७८
khell
काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस् र एसि मिलानले बराबरी खेल्दै अंक बाढेका छन् । आइतबार राति भएको खेलमा युभेन्ट्स र एसि मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । टुरिनस्थित घरेलु मैदानमा युभेन्ट्सले सुरुवाती अग्रता बनायो । खेलको चौथो मिनेटमा अल्भारो मोरटाले गोल गरे । उनले कप्तान पाउलो डिबलाको पास सदुपयोग गरे । पहिलो हाफमा १–० गोल अन्तरले पछि परेको एसि मिलान दोस्रो हाफमा खेलमा फर्कियो । खेलको ७६ मिनेटमा एन्टे रेबिकको गोलमा एसि मिलानले बराबरी गोल फर्कायो । रेबिकले सान्द्रो टोनालीको पास सदुपयोग गरेका थिए । सिरी ए मा जितबिहिन रहेको युभेन्ट्स रेलिगेसन जोनमा रहेको छ । ४ खेलमा २ हार र २ बराबर खेलेको युभेन्ट्स २ अंक सहित तालिकाको १८औँ स्थानमा छ । एसि मिलान भने समान १० अंकसहित ४ खेलबाट दोस्रो स्थानमा छ । गएराति नै भएको अर्को खेलमा रोमाको अपराजित यात्रा टुंगिएको छ । भ्रमणकारी टोली रोमा हल्लास भेरोनासँग ३–२ गोल अन्तरले पराजित भयो । भेरोनामा भएको खेलमा घरेलु टोलीले रोमाञ्चक जित हासिल गर्यो । खेलमा अग्रता भने रोमाले नै बनाएको थियो । लोरेन्जो पेलेग्रिनीले खेलको ३६ मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाए । एन्टोनिन बराकले खेलको ४९ मिनेट र जिअनलुका काप्ररीले गोल गर्दा घरेलु टोली भेरोनाले २–१ को अग्रता बनायो । भरोनाका इभान इलिकले आत्माघाति गोल गर्दा खेल २–२ को स्थितिमा पुगेको थियो । ६३ मिनेटमा डभिड फराओनीले गोल गर्दै रोमाञ्चक ३–२ को जित निकाले । पराजित भएसँगै रोमाले शीर्षस्थान गुमाएको छ । ४ खेलमा पहिलो हार ब्यहोरेको रोमा ९ अंकसहित तेस्रो स्थानमा छ । पहिलो जित हासिल गरेको भेरोना ४ खेलबाट ३ अंक सहित तालिकाको १५औँ स्थानमा छ । गएराति भएको अन्य खेलमा लाजिओ र कागलिअरीले २–२ गोलको बराबरी खेले । नागरिक खबरबाट
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १०:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP