शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी (तस्बिर/भिडिओ)
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी (तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १२, २०७८
म्याग्दी। गण्डकी प्रदेशमा यस वर्ष हुने नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको हो ।परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पहिलो चरणमा खेल पूर्वाधार, प्रशिक्षक, रेफ्री लगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययन सुरु गरेको जानकारी दिनुभयो । उहाँ सहित गण्डकी प्रदेश खेलकुद परिषद् उपाध्यक्ष भोजबहादुर गुरुङ सहितको टोलीले मंगलबार म्याग्दी, बागलुङ, पर्वतका खेलमैदान र कवर्ड हलको निरीक्षण, जिल्ला खेलकुद विकास समिति र खेल संघका पदाधिकारीसँग छलफल गरेको छ । कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ ? भन्ने पहिचानका लागि राष्ट्रिय रेफ्री, खेल संघका पदाधिकारी र प्राविधिक टोलीसहित यसअघि लमजुङ, गोरखा र तनहुँमा टोलीले सम्भाव्यता अध्ययन गरिसकेकोे छ ।साथै टोलीले बेनीको कालीपुलमा रहेको बास्केटबल, खुलामञ्च र चुत्रेनीको खेलमैदान निरीक्षण गरेको छ । गत वर्ष फागुन २१ देखि सञ्चालन गर्ने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण स्थगित भएको थियो । भिडिओ हेर्नुहोस् https://youtu.be/st01IrrAqZA आगामी फागुन ६ देखि १६ सम्म आयोजना गर्न खेलकुद मन्त्रालयलाई राखेपले प्रस्ताव गरेको सदस्य गुरुङले बताउनुभयाे । कोरोना संक्रमणको दर घटेको, पूर्वाधार तयार भएको, कोरोनाविरुद्धको खोपको पहुँच बढेको र अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरेकाले फागुनसम्म प्रतियोगिता गर्न सकिने उहाँको भनाई छ ।खेलकुद मन्त्री नियुक्त हुने वित्तिकै समय घोषणा गरेर पालिका, जिल्ला र प्रदेशस्तरीय छनौट प्रतियोगिताको काम अघि बढाउने भएकाले तयारी गर्न खेलाडीलाई सदस्य गुरुङको आग्रह छ । राखेपले गण्डकीका ११ वटै जिल्लामा विभिन्न खेल आयोजना गर्ने योजना बनाएको छ । यद्यपि अधिकांश खेल प्रदेश राजधानी पोखरा महानगर भित्रै हुने छन् । पौडीको पूर्वाधार तयार भएको र सुटिङका लागि पनि पूर्वाधार निर्माण प्रक्रिया अघि बढेको सदस्य गुरुङले बताउनुभयाे । मुख्य खेलस्थल रुपमा रहने कास्कीको पोखरा रंगशाला निर्माण सकिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  २२:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP