शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • तोरन्ल्ह गोल्ड कपको उपाधी दरवाङ क्षेत्रलाई (फोटो फिचर)
तोरन्ल्ह गोल्ड कपको उपाधी दरवाङ क्षेत्रलाई (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १७, २०७८
gold cup of toranlha
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न ११ औं तोन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिताको उपाधी थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति दरबाङ (रातो ढुङ्गा)ले जितेको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार सम्पन्न भएको हो । दरवाङ (रातढुङ्गां)ले १ सय ४१ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । प्रथम हुने दरवाङ क्षेत्रले नगद एक लाख रुपैयाँ सहित सुनको मेडल प्राप्त गरेको छ । यसैगरी १ सय २७ अंक ल्याएर काठमाण्डौं क्षेत्रले दोस्रो स्थान हासिल गर्दै नगद पचास हजार रुपैयाँ पुरस्कार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । एकसय २६ अंक ल्याएर तेस्रो स्थान हासिल गरेको पोखराले २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै बुर्तिबाङ सेवा समिति चौथो र थासाङ सेवा समिति पाँचौ स्थान हासिल गरेको उनीहरुले नगद १० हजार र पाँच हजार प्राप्त गरेका छन् । त्यस्तै सबै भन्दा धेरै २६ अंक ल्याएका दरबाङ क्षेत्रका महेश तुलाचनलाई सात हजार ,विशिष्ट खेलाडी तर्फ कुश्मा क्षेत्रका अनुज शेरचनलाई ७ हजार र अनुशासित टिमको रुपमा टिकापुर क्षेत्रलाई सात हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो । गोल्डकको समापन समारोहमा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचन,थकाली सेवा समिति नेपालका अध्यक्ष सोमप्रसाद तुलाचन ,पुर्व अध्यक्ष कृष्णकुमारी शेरचन ,समाजसेवी बिमला गौचन लगायतले विजेता समुहलाई नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।तोरन्ल्ह गोल्डकपको उपाधि पाउँदा आफूलाई गर्बको महशुस भएको दरबाङ क्षेत्रका थकाली युवा परिवारका अध्यक्ष अनुप गौचनले बताउनुभयो । सर्वाधिक धनुषकार गौचनले छोटो समयको तयारी र पहिलो पटकको सहभागितामै उपाधि जित्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले १५ दोहोरको खेलमा ३० मा २६ अंक ल्याउन सफल हुनुभएको थियो । प्रतियोगितामा १८ समुहको सहभागिता रहेको थियो । दरबाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनले छोटो समयको तयारीले भएको तयारीमै टिमलाई उपाधि दिलाउन सफल भएकोमा खेलाडीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेलको विकास गर्न थप भौतिक पुर्वाधार विस्तारका लागि पहल गर्ने उहाँले बताउनुभयो । सोही कार्यक्रमको अवसरमा बेनी क्षेत्रले गत बर्ष पहिलो पाइलटको रुपमा गत बर्ष बैशाख २९ गते विश्वकै अग्लो सगरमाथाको सफल आरोहण गर्नुभएका बेनका सोबित गौचनलाई गरेको छ । बि.सं.२०४७ देखि सुरु भएको तोरन्ल्ह गोल्डकप प्रत्येक तीन–तीन बर्षमा आयोजना गरिँदै आएको थकाली सेवा समिति नेपालले जनाएको छ । परापुर्व कालमा खेतिबाली लगाएर र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेललमा बाँसको धनुषवाण र लेकाली भेगमा पाइने जरबुताको तिर हुन्छ ।यसअघि चन्दा र सहयोग संकलन गरेर आयोजना गरिँदै आएको गोल्डकप यसपाली भने ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको थकाली सेवा समिति नेपालका अध्यक्ष तुलाचनले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २१:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP