शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • साफमा नेपालको लगातार दोस्रो जीत : नेपालले श्रीलंकालाई ३–२ ले हरायो
साफमा नेपालको लगातार दोस्रो जीत : नेपालले श्रीलंकालाई ३–२ ले हरायो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १९, २०७८
FB_IMG_1633392726512
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले पराजित गर्‍यो। साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो। खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुमन लामाले गोल गर्नुभयो । सुमनको प्रहार सुरुमा श्रीलंका गोलकिपर सुजन परेराले समात्न खोज्दा फुत्किएर बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा सुमनले गोल गर्न सफल हुनुभयो । सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।खेलको ५१ खेलमा नेपालले अग्रता दोब्बर पार्‍यो। अन्जन विष्टले नेपालका लागि दोस्रो गोल गर्न सफल हुनुभयो। दोस्रो हाफमा मैदान छिर्नुभएका आयुष घलान क्रसमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकाका गोलकिपरले फर्काउनुभएको थियो। रिबाउन्डमा अन्जनले गोल गर्न सफल हुनुभयो । ५७ मिनेटमा श्रीलंकाले गोल फर्कायो। उसका लागि मार्भिन हामिल्टनले लङरेन्ज प्रहारमार्फत बललाई जाली चुमाउनुभयो। त्यसअघि नेपालका डिफेन्डर सुमन अर्यालले गोल लाइनबाट बललाई क्लियर गर्नुभएको थियो । दोस्रो हाफमा नेपालले काउन्टर आक्रमणमा गोल गर्न सकेन। सुरुमा श्रीलंकाका गोलकिपरले मनिष डाँगीको प्रहारलाई छेक्न सफल हुनुभएको थियो । त्यसपछि मनिषले हेडमार्फत दिएको पासमा आयुष घलानको प्रहारमा फेरि श्रीलंकाका गोलकिपर बाधक बन्नुभयो । खेलको ८६ मिनेटमा आयुषले नेपालका लागि तेस्रो गोल गर्नुभयो। तेज तामाङको क्रसमा आयुषले उत्कृष्ट फिनिसिङ गर्नुभएको थियो। आयुषको पनि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाले पेनाल्टी पायो। गौतम श्रेष्ठले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा डि सिल्भाले गोल गर्नुभयो ।साफमा नेपाल र श्रीलंकाबीच यसअघि पाँच पटक प्रतिस्पर्धा भएको थिए। जसमा नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको थियो। जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थनमा उक्लिएको छ। नेपाल दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ।दोस्रो स्थानको बंगलादेशको ४ अंक छ। बंगलादेशले सोमबार साँझ सकिएको खेलमा सात पटकको विजेता भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो।नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्स तथा बंगालदेशले श्रीलंकालाई समान १–० ले हराएका थिए।यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।  
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ००:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP