शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी
नतिजाबाट सन्तुष्ट छु : प्रशिक्षक अलमुताइरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १९, २०७८
coach
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताउनुभएको छ । मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । ‘म धेरै खुशी छु किनकी हामीले खेल जित्यौँ । यो प्रतियोगितामा अंक धेरै महत्वपूर्ण छ । हामीले आज ६ अंकमा ६ अंक नै जोडेका छौँ ,’ खेलपछि पोष्टम्याच कन्फ्रेन्समा अलमुताइरीले भन्नुभयो । उहाँले नेपालको लागि तीन अंक नै ठूलो भएको बताउनुभयो । पाँच राष्ट्र सम्मिलित साफमा नेपालले लगातार दुई जितबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ । श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो जितपछि नेपालको अब फाइनल पुग्ने सम्भावनासमेत बढेको छ । प्रशिक्षक अलमुताइरीले पनि यस जितले फाइनल पुग्ने सम्भावना बढाएको बताउनुभएके छ । ‘नेपालको अब फाइनल पुग्ने सम्भावना बढेको छ । हामीलाई पाँच दिन रेस्ट छ र त्यसमा तयारी गर्ने अवसर छ ।’ उहाँले म्याच डे थ्री मा पनि केही आश्चर्यजनक नतिजा आउने अपेक्षा राखेका छन् । म्याच डे थ्री मा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेशबीच खेल हुनेछ । नेपालले अब अर्को खेल असोज २४ गते भारतसंग खेल्नेछ । त्यसपछि बंगलादेशसंग असोज २७ गते खेल्नेछ । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १०:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP