शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मुस्ताङ जोड्न काभ्रेभीर सधैं अभिशाप
मुस्ताङ जोड्न काभ्रेभीर सधैं अभिशाप
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २०, २०७८
photo kavre
म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ । आइतबार रातिको सामान्य वर्षाले उक्त सडक खण्डको काभ्रेभीरमा सडकको दाँयातर्फ ९तल्लोपट्टी० पहिरो गएपछि अवरुद्ध बनेको सो सडक तीन दिनपछि आज एकतर्फी रुपमा सञ्चालनमा आएको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको काभ्रेमा पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने र त्यहाँँबाट फर्कने यात्रु अलपत्र परेका थिए । आइतबार रातिको वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । बर्सेनि पहिरो र नदी कटानका कारण निर्माणधीन बेनी–जोमसोम सडक निकै सास्तीमय हुने गरेको सो सडक खण्ड भएर नियमितरुपमा जोमसोम–बेनी गरिरहने व्यवसायी कृष्ण शर्मा सापकोटाले बताउनुभयो । हिउँद याममा स्तरोन्नति गरिएको सडक बर्खायाममा विग्रदा आयोजना सम्पन्न हुनेमा चुनौती थपिएको छ । उक्त सडकअन्तर्गत म्याग्दीको गलेश्वर, बेगखोला, बैसरी, तातोपानी, दाना, रुप्से र काभ्रेभीरलगायतका सडकमा वर्षाले दुख दिने गरेको छ । लगातार वर्षाले सडक हिलाम्मे हुने, पहिरो जाने र सडकका संरचना भासिने गरेको दानाका पर्यटन तथा होटल व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । गत असारदेखिको वर्षाले सडक संरचनामा क्षति पुगेको छ भने सडकको अवस्था दयनीय बनेको छ । यहाँ सामान्य वर्षा हुँनासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने स्थानीयवासी श्याम खत्रीले बताउनुभयो । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुंगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका– ६ का कृष्ण बरुवालले बताउनुभयो । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको प्रहरीले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक खण्डकोे विभिन्न चार ठाउँमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम भइरहेको भएतापनि काभ्रेभीर भौगोलिक रुपमा नै अत्यन्त कमजोर र बढी जोखिमयुक्त रहेको स्थानीयवासी खड्क खत्रीले बताउनुभयो । पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका उहाँको भनाइ छ । बेनी–जोमसोम खण्डमा ४–५ ठाउँ अत्यन्त जोखिमयुक्त छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेनी–जोमसोम ९७६ किमि० र जोमसोम–कोरला ९११० किमि० लाई दुई खण्डमा बाँडेर स्तरोन्नति गर्दैछ । त्यसअनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्र हुनेछ भने जोमसोम–कोरला खण्डको स्तरोन्नति भइरहेको छ । सडक क्षतविक्षत भएपछि मुक्तिनाथ दर्शन गर्न पुगेका तीर्थयात्रीसहित पर्यटक अप्ठेरोमा परेका छन् । सडक खण्ड अन्तर्गत तातोपानीको पोखरी, नागढुङ्गा, दानाको गुइँठे, काभ्रेभीर, मुस्ताङको थासाङ् गाउँपालिका–४ घाँसा, सिर्कु, मार्फाको स्याउबारी आसपासमा कालीगण्डकी नदीले व्यापक कटान गरेको छ । लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावट र कालीगण्डकी नदीको कटानले सडक छियाछिया परेको छ भने मोटरेबल पुलसमेत जोखिममा छन् । उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको आधा दर्जन ठाउँमा तल र माथिबाट खसेको पहिराले भदौको पहिलो सातादेखि नै सडक नियमित सञ्चालन हुन सकेको छैन । भारी वर्षापछिको बाढीपहिराले म्याग्दी र मुस्ताङमा थुप्रै स्थान चर्किएको र भासिएको छ । बेनी–जोमसोम–कोरला सडक खण्डमा करिब पाँच अर्बको लगानीमा सडकको स्तरोन्नतिका काम भइरहेको छ । रु दुई अर्ब ४० करोड लागतको तल्लो खण्डमा विस्तार र कालोपत्र गर्ने र दुई अर्ब ६० करोडको लागतमा माथिल्लो खण्डको स्तरोन्नति हुने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP