शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मोतीपुर घटनाको विरोध गर्दै युवासंघले माग्यो गृहमन्त्रीको राजीनामा
मोतीपुर घटनाको विरोध गर्दै युवासंघले माग्यो गृहमन्त्रीको राजीनामा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज २५, २०७८
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मोतीपुर औद्योगिक क्षेत्रमा बस्दैआएका सुकुम्बारीमाथि प्रहरी दमन भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ । संघले गृहमन्त्रीकै आदेशमा उक्त घटना गरिएको आरोप पनि लगाएको छ । 'हामी सरकारको तानाशाही र दमनकारी नीति र शैलीको घोर निन्दा र भर्त्सना गर्दछौँ । साथै प्रहरीलाई हिंस्रक शैलीमा प्रस्तुत हुन आदेश दिने गृहमन्त्रीको राजीनामा माग गर्दछौँ' संघका अध्यक्ष किरण पौडेलले जारी गरेको वज्ञिप्तिमा भनिएको छ, 'यस्तो निर्लज्ज दमनमा संग्लग्न सम्पूर्ण दोषीहरूमाथि कारबाहीको माग गर्दछौँ ।' रुपन्देहीको मोतीपुरस्थित प्रस्ताविध औद्योगिक क्षेत्रमा सुकुम्बासीको नाममा अतसक्रमण भएको भन्दै आइतबार हटाउन गएका सुरक्षाकर्मीसँग झडप हुँदा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ । युवा संघले स्थितिलाई शान्त बनाउने र सहकार्यमा आन्दोलनलाई ठाउँ हुँदाहुँदै सिधासिधा हत्या गर्ने उद्देश्यले दमन गरेको देखिएको जनाएको छ । आइतबार औधोगिक क्षेत्रमा प्रहरी र घरटहरा बनाई बसोबास गर्दैआएकाहरुबीच झडप हुँदा मोतीपुर क्षेत्र दिनभर तनावग्रस्त बन्यो । यस क्रममा चार जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । ekantipurबाट
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १५:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP