शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाली राष्ट्रिय फुटबल टिमको बान्डोस टापुमा दसैं
नेपाली राष्ट्रिय फुटबल टिमको बान्डोस टापुमा दसैं
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज २७, २०७८
dashain kheladi
माले, माल्दिभ्स । खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, तर त्यसको मज्जा पनि त छ, अनि यो कम्ती दुर्लभ छैन पनि ।यस्तै यस्तै अनुभवबाट गुज्रनेछन्, गुज्रिरहेका छन्, नेपाली राष्ट्रिय फुटबल टिम । माल्दिभ्सको मालेमा साफ च्याम्पियनसिप २०२१ चलिरहेको छ र टिम यतै छ । टिम आफैं भने मालेबाट दस किलोमिटर जति टाढा रहेको बान्डोस टापुमा छ, त्यसैले यसपल्टको पर्व हुनेछ, ‘बान्डोस टापुको दसैं’ । केही फुटबल पदाधिकारी र पत्रकार भने मालेमै छन्  । कोभिड– १९ को सजगताका कारण टिमले बाहिरबाट आएका कसैलाई भेट्ने अवसर पनि दिइएको छैन । टिम माले आउँछ, खेल्छ र फेरि खुरुखुरु बान्डोस टापु फर्कन्छ । अहिलेसम्म यही स्थिति रहेको छ । मालेमा रहेका पदाधिकारी र पत्रकार सोमबार त्यस टापुको नजिकसम्म भने पुगे । तर भित्र जान पाएनन् । टापुबाट केही खेलाडी र पदाधिकारीले फेरीमा सवार समूहको अभिवादन स्विकारे । सन्चो, बिसन्चो सोधे र फेरीले अर्कै बाटो तय गर्‍यो । खेलाडी र तिनीहरूसँग रहेका पदाधिकारीलाई गुनासो छ, कतै कहीं जान पाइएको छैन । तर यही गुनासोबीच पनि दसैं मनाउने तयारी भने जोडतोडले चलिरहेको छ । विशेषतः टीकाको दिन सबैले पर्खिरहेका छन् । यसका लागि जोडजाड गर्ने काम भने टिमका व्यवस्थापक मधुसूदन उपाध्यायले गरिरहेका छन् । उनीसँग दसैं टिमसँगै मनाएको अर्को अनुभव पनि छ । दुई वर्ष अगाडि दसैंकै बेला नेपाली टिम अस्ट्रेलियामा थियो, विश्वकप छनोट खेल्ने क्रममा । त्यति बेला पनि रमाइलो नै भएको थियो । कोभिड–१९ को समस्या थिएन, त्यसैले कोही कसैलाई भेट्न सजिलै सकिन्थ्यो ।त्यसैले अस्ट्रेलियामा रहेका केही नेपालीसँगै दसैं मिनाउने काम भएको थियो । यसपल्ट भने साफ च्याम्पिनसिपले यस्तै अवसर जुराएको छ । तर दसैं मनाउने तरिका भने पक्कै फरक हुनेछ । प्रतियोगिता दसैंकै बेला परेको छ, त्यो त सबैलाई पहिलेदेखि नै थाहा थियो, त्यसैले व्यवस्थापक उपाध्यायले काठमाडौंमा छँदै पूरा तयारी गरेका थिए । त्यहाँबाटै चाहिने सबथोक माल्दिभ्स ल्याए, त्यसैले त उनले बान्डोस टापुको आफूहरू बसेको होटलको एउटा कोठामा जमरा रोपेका छन् र अहिले त्यो सरक्क बढेको पनि छ ।टीका थाप्दा अक्षेता र अबिर पनि त चाहियो, त्यो पनि उनले काठमाडौंबाट ल्याएका छन् । अनि उनी नरिवल फोड्ने तर्खरमा छन् । आखिर माल्दिभ्स नरिवल पाइने देश पनि त हो । नेपाली टिममा रहेका खेलाडी र पदाधिकारीमध्ये सबैभन्दा जेठा हुन्, रवीन्द्र श्रेष्ठ । संयोगले उनी दुई वर्ष अगाडि अस्ट्रेलियामा पनि थिए । अहिले पनि छन् । यिनै श्रेष्ठसँग टीक थाप्ने कार्यक्रम छ ।व्यवस्थापक उपाध्यायलाई के लाग्छ, भने परिवारसँग दसैं मनाउनुको मज्जा र अर्थ बेग्लै छ । तर सबै त्यति भाग्यमानी पनि हुँदैनन्, जसले खेलाडीसँग दसैं मनाउने अवसर विदेशमा पाउँछन्, नेपालबाट टाढाटाढा । अनौपचारिक कुराकानीमै सही, नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण लिम्बू भन्थे, परिवारसँग दसैं मनाउन नपाउँदा मन खल्लो त हुन्छ नै । उनी भन्थे, ‘तर आफू पर्‍यो, खेलाडी मान्छे । खेलाडीका लागि त देशको लागि खेल्नु नै ठूलो हो नि, होइन र रु’ हो नै ।पक्कै पनि ‘बान्डोस टापुको दसैं’ विशेष हुनेछ । त्यो अझ विशेष हुनेछ, जति बेला नेपालले प्रतियोगिताको फाइनल खेल्ने निश्चित हुनेछ । सबै खेलाडी यस्तै कामना गरिरहेका छन् र यसका लागि चाहिनेछ, सबै फुटबलप्रेमीको आशीर्वाद र माया । ekantipurबाट
प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १०:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP