शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्नपूर्ण गाउँपालिका
  • गृहपृष्ठ
  • अन्नपुर्ण गाउँपालिकाको औलमा सार्वजनिक सुनुवाई
अन्नपुर्ण गाउँपालिकाको औलमा सार्वजनिक सुनुवाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ १३, २०७६
aula

म्याग्दी ,सोमबार जेठ १३ गते । म्याग्दकिो अन्नपूर्ण गाउँपालिकाले वडा तहमा सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा आइतवार वडा नम्बर ७ हिस्तानको औलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले गाउँपालिकाबाट विनियोजन भएका टुक्रे योजनाहरुको उपलब्धी नभएको भन्दै आगमी वर्ष देखि टुक्रे योजनालाई कटौती गर्नुपर्ने माग गरेका छन् ।

यसै गरी सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले योजना सम्झौता र फस्र्यौटको अवधिलाई छोट्याउनु पनर्,े, कर्मचारीको अभावमा पनि गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाहलाई सहज बनाउनुपर्ने, स्वास्थ्यचौकीको भवन निर्माणमा भएको ढिलासुस्ती, निर्माण गरिएका सडकहरुको स्तरउन्नतीलार्ई गाउँपालिकाले ध्यान दिनुपर्र्ने, सामाजिक सुरक्षा भत्तालाई घरघरमा पुगेर वितरण गर्नुपर्ने, बैसरी औल जोड्न सडकको ट्याक निर्माण लाई आवश्यक वजेट विनियोजन गर्नुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले आवश्यक बजेट विनियोजर्ने लगायतका मागहरु राखेर गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले सहभागीहरुको जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाले दुइवर्षको अनुभवबाट आगमी योजनाहरु दिगो,प्रभावकारी र उपलब्धीमुलक बनाउन लागिपरेको बताईन । त्यसका लागि वडा तहमा योजना छनौंट गर्दा वडाका जनप्रतिनिधि र समुदायले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

महिला युवा लगायत लक्षित समुदायलाई सीप विकास र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउँदै उपाध्यक्ष मगरले यसलाई प्रभावकारी बनाउन आग्रह गरेकी थिईन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र प्रगतिको वारेमा जानकारी गराएका थिए । उनले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एकसय ९४ वटा पूर्वाधार र प्रवद्र्धनात्मक योजनाहरु सञ्चालन भइरहेको र अधिकांश योजना अन्तिम चरणमा पुगेको जानकारी दिए । साथै अधिकृत शर्माले गाउँपालिकाबाट विनियोजित योजनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी र समुदायलाई आग्रह गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष ओमबहादुर फगामीले भौगोलिक रुपमा छरिएर रहेको वस्ती र कर्मचारी अभावका कारण वडाको विकास निर्माण र सेवाप्रवाह सहज बनाउन चुनौती भएको बताए ।

गाउँपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णप्रसाद बरुवाल,सामासिजक विकास समितिका संयोजक ओमप्रसाद फगामी, शिक्षा शाखाका भरत पुनले शहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

गाउँपालिका उपाध्यक्ष केशमाया मगरको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री र सदस्य प्रताप बानियाँले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६  १५:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP