शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्नपूर्ण गाउँपालिका
  • गृहपृष्ठ
  • शिखमा सार्वजनिक सुनुवाई
शिखमा सार्वजनिक सुनुवाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ १४, २०७६
IMG_9495

सुरेन गुरुङ/शिख ,मंगलबार जेठ १४ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडीया सोसाइटीको सहजिकरणमा शिखमा कार्यक्रम सम्पन्न भएको हो ।

आर्थिक बर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्वन्धमा स्थानिय वडा बासीको गुनासो,जिज्ञासा एवम् सुझाव संकलन गर्ने उद्धेश्य सहित कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्वुजा पुन ,प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा,वडा अध्यक्ष दिनेशकुमार पुन ,शिक्षा शाखाका प्रमुख भरत पुन र सामाजिक विकास शाखाका अधिकृत हरिकृष्ण आचार्यले स्थानिय वडा वासीहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।


स्थानियवासीहरुले पोखरेबगर– शिख –घोरेपानी सडक निर्माणमा ढिलाई भएको प्रति गुनासो व्यक्त गरेका थिए । शिखलाई आलु पकेट क्षेत्र बनाउने घोषणा गरिए पनि विउ बाहेक कृषीलाई आधुनिकरण गर्न बजेट विनियोजन नगरेको,गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा प्रकृयागत झण्झटिलो ,पाउद्धरबासीहरुले वडा कार्यालय टाढा भएकाले सेवा लिन कठिन हुने गरेको , लक्ष्यित दलित समुदायलाई आएको कार्यक्रम संचालनका लागि प्रकृयागत ढिला सुस्तीका बारेमा जिज्ञासा तथा प्रश्न उठाएका थिए ।


गाउँपालिकाका अध्यक्ष गर्वुजा पुन मगरले गाउँपालिकाले सेवा प्रवाहलाई छिटो ,छरिटो र चुस्त बनाउन कुनै पनि कसुर बाँकी नराख्ने र सेवा प्रवाहमा हुने प्रकृयागत झण्झटिलो हटाउन निति तथा ऐन निर्मााण गरि अगाडी बढ्ने बताउनुभयो । उहाँले टुक्रे योजनालाई अन्त्य गरी प्रभावकारी हुने ठुला योजनालाई प्राथमिकता दिइने बताउनुभयो । विकास निर्माणमा गाउँपालिकाको एकल प्रयासले मात्र नभई स्थानिय बासीहरु पनि एक हुनुपर्नेमा जोड दिनुभयो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले गाउँपालिकामा पूर्वाधार निर्माण र अन्य कार्यक्रमहरु अधिकाँश सम्पन्न भैसकेको बताउनुभयो । बस्ती स्तरबाट गाउँपालिकाको सेवा प्रवाहको अबस्था र विकास निर्माण तथा कार्यक्रमको प्रभाबकारीतालाई बुझ्नको लागि हरेक वडामा सार्वजनिक सुनुवाई गर्न सुरु गरिएको प्रशासकिय अधिकृत शर्माले जानकारी दिनुभयो ।


कार्यक्रममा वडा नं ५ का अध्यक्ष पुन मगरले वडाको सबै बस्तीका योजनाहरुलाई कार्यान्वयनमा जुटेको बताउँदै आगामी बर्षको लागि दिगो र उपलब्धीमुलक योजनाहरुलाई प्राथमिकता दिईने बताउनुभयो । उहाँले पाउद्धर वासीहरुको समस्यालाई लक्ष्यित गरि स्थानिय स्तरमा गई सेवा प्रवाह गर्ने बताउनुभयो ।


अध्यक्ष क्याप्टेन गर्वुजा पुन मगरको अध्यक्षता , म्याग्दी मिडिया सोसाईटीका उपाध्यक्ष हरिकृष्ण गौतम र सदस्य साधन राम्जालीको सहजिकरणमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवाल र कार्यपालिकाका सदस्य विष्णुकुमारी परियारले मन्तव्य व्यक्त गनुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  २०:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP