शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • जितेर आलोचकलाई चुप लगाउँछु : रोनाल्डो
जितेर आलोचकलाई चुप लगाउँछु : रोनाल्डो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक ७, २०७८
ronaldo footballar
एजेन्सी । म्यानचेस्टर युनाइटेड फर्किएयता क्रिस्टियानो रोनाल्डोले निरन्तर गोल गरिरहेका छन् । तर, टिमको डिफेन्समा पर्याप्त मेहनत गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ । अहिले रोनाल्डोले यसको जवाफ फर्काएका छन् । ‘मलाई थाहा छ, टिमलाई कतिबेला रक्षापंक्तीमा मेरो सहयोग चाहिन्छ,’ स्काई स्पोर्टस्सँगको कुराकानीमा रोनाल्डोले भने,‘तर मेरो भूमिका क्लबलाई जिताउने हो । टिमबाट गोल गर्ने हो । रक्षात्मक भूमिका मेरो कामको एउटा पाटोमात्रै हो ।’ रोनाल्डोले खेल जित्दैं आफ्ना आलोचकहरुको मुख बन्द गर्ने बताए । ‘मलाई मन नपराउनेहरुले मैले गरेका राम्रा काम देख्दैनन् । इमानदारीसाथ भन्नुपर्दा म ३६ वर्षको भएँ र सबैकुरा जितिसकेको छु । मानिसले मेराबारे के नराम्रो भनें भनेर म चिन्तित हुन्छु होला र रु म राती राम्रोसँग सुत्छु । सकारात्मक सोचेर सुत्छु । यसरी नै अघि बढ्छु किनकी म अझै मुख बन्द गराउँछु र जित्छु ।’ यद्यपी, आलोचना पनि कामकै एउटा पाटो रहेको उनले स्विकारे । ‘आलोचना सधैं कामको एउटा पाटो हो । म यसबाट चिन्तित छैन । इमानदारीपूर्वक भन्नुपर्दा म यसलाई राम्रो कुराका रुपमा हेर्छु । यदी कोही मेरोबारे चिन्तित हुन्छ र बोल्छ भने उसले फुटबलमा अझै पनि मेरो संभावना र मुल्यलाई बुझिरहेको हुन्छ । यो राम्रो हो ।’ रोनाल्डोको म्यानचेस्टर युनाइटेडले आइतबार इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सामना गर्दैछ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १५:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP