शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने
विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक ७, २०७८
bimal magar
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो ।क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा विमल र मच्छिन्द्र क्लबका उपाध्यक्ष तथा व्यवस्थापक अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।गत सिजनमा विमलले मच्छिन्द्रबाट अन्तिम खेल मात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गरेपछि विमलले अन्तिम खेल मात्रै खेल्न पाएका थिए । यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा विमलको घुँडामा चोट लागेपछि उपचारका लागि कतारमा गएका थिए । गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक लिग उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन । यसपटक क्लबले कप्तान विराज महर्जनलाई बिदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देवेन्द्र तामाङ, रेजिन सुब्बा, सुनिल बल, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।मछिन्द्रले यसपटक प्रशिक्षकमा पनि ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ । नागरिक खबरबाट
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १६:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP