शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ३३ किलो सुन तस्करी र हत्या मुद्दा : गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना
३३ किलो सुन तस्करी र हत्या मुद्दा : गोरेलाई थप १० वर्ष कैद र एक लाख जरिवाना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक ९, २०७८
gare123
विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अपहरण र शरीर बन्धक मुद्दामा सजाय निर्धारण गर्दै उप्रेतीलाई थप १० वर्ष कैद, एक लाख जरिवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।असोज १९ गते लम्सालकै इजलासले सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकलाई तीन वर्ष र एक जनालाई ६ महिना कैद सजाय तोकेर बाँकी सम्पर्कमा रहेका सबै प्रतिवादीलाई सफाइ दिएको थियो । उस बेला उप्रेतीलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । लम्सालकै सोमबारको इजलासले थप फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताउनुभयो । ‘असोज १९ गतेको इजलासले उप्रेतीले शाक्यको अपहरण र शरीर बन्धक बनाएको दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन,’ उहाँले भन्नुभयो । घटनाका मुख्य आरोपी उप्रेतीसहित ७७ जनालाई प्रतिवादी बनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । असोज १९ गतेको इजलासले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको थियो । बाँकी ५६ जनालाई सफाइ दिँदै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तबीमा राखिएको थियो । मुद्दाका प्रतिवादीमध्ये सुरेन्द्र गौतम, रुस्तम मियाँ, रोहित आचार्य, टुकबहादुर मगर, मरिन तामाङ, मोहनकुमार अग्रवाल, सुनीलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, कमल कार्की, मणिराज चौलागाईं, शिवकुमार गुवाजू, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समीर अधिकारी, माधव आचार्य, अभिप्रकाश नेवार, रक्षा भण्डारी र सन्दीप खड्का फरार रहेको अदालतले जनाएको छ । ekantipurबाट
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP