शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • आइपिएलमा थपिए दुई टोली
आइपिएलमा थपिए दुई टोली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक १०, २०७८
meeting
एएफपी । विवादास्पद अमेरिकी लगानी सिभिसी क्यापिटल र भारतीय उद्योगपतिले विश्वकै सबैभन्दा ठूलो व्यावसायिक क्रिकेट इन्डियन प्रिमियर लिगमा दुई नयाँ टोली खरिदका लागि १.६ बिलियन अमेरिकी डलरभन्दा बढी खर्च गरेका छन्। सञ्जीव गोइनको स्वामित्वमा रहेको भारतको आरपिएसजी ग्रुपले दुबईमा भएको अक्सनमा लखनउ टोलीका लागि ९ सय ३० मिलियन डलरभन्दा बढी खर्चिएको हो। अमेरिकी लगानी सिभिसी क्यापिटलले भने अहमदाबाद टोलीका लागि ६ सय ९० मिलियन डलर खर्च गर्‍यो। अहमदाबादमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम पनि छ। आइपिएलमा आगामी सिजन २०२२ देखि आठबाट १० टोली हुनेछन्, जहाँ अन्तर्राष्ट्रिय ठूला लगानीकर्ताले पनि टोली खरिदमा चासो देखाएका थिए। इङ्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडको लगानीकर्ता ग्लेजर फ्यामिलीले पनि आइपिएलको टोली खरिदमा चासो राखेको थियो। युनाइटेडका मालिक ग्लेजर फ्यामिलीसहित हिन्दुस्तान टाइम्स ग्रुप, पूर्वमन्त्री नवीन जिन्दलको जिन्दल स्टिल, अडाणी ग्रुप र अरबिन्दो फार्मालगायत कुल २२ वटा व्यावसायिक घरानाले आइपिएलको टोली खरिद प्रक्रियामा सहभागी भए पनि सिभिसी क्यापिटल र सञ्जीव गोइनले बाजी मारे। यी दुई टोलीका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले १२ हजार करोड भारु आम्दानी गर्‍यो। सिभिसी क्यापिटलले लक्जेम्बर्गमा पनि एक सय बिलियन डलरभन्दा बढी खेलकुदमा लगानी गरेको छ। यसले त्यहाँको खेलकुदमा धेरै परिवर्तन ल्याउन सक्ने आकलन पनि गरिएको छ। सिभिसीले अन्तर्राष्ट्रिय रग्बी युनियनमा पनि कयौं बिलियन डलर खर्च गरिरहेको छ। उसको लगानी स्पेनिस ला लिगा च्याम्पियनसिपमा पनि छ। साथै सिभिसी क्यापिटलले अन्तर्राष्ट्रिय भलिबल फेडेरेसन, फर्मुला वान, टेनिस टुर्स र अमेरिकी बास्केटबल लिगको क्लब पनि खरिद गरेको छ। बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले आइपिएलको टोली अत्यधिक मूल्यमा बिक्री भएकोप्रति खुसी व्यक्त गरेका छन्। ‘यसले हाम्रो क्रिकेटको पद्धति र वित्तीय सहायतामा पनि ठूलो सघाउ पुर्‍याउनेछ,’गांगुलीले भने। उनले सिभिसी क्यापिटल र ग्लेजर फ्यामिली जस्ता अन्तर्राष्ट्रिय लगानीकर्ताको चासोले आइपिएलको ख्याति विश्वव्यापीकरण भएको समेत उल्लेख गरे। ‘आइपिएल विश्वव्यापीकरण हुनु हाम्रा लागि सुखद क्षण हो। आइपिएल पनि विश्व खेलकुदकै ठूलो सम्पत्तिका रूपमा उदाएको छ। यसले समग्र क्रिकेटमा पनि ठूलो सघाउ पुग्नेछ,’ गांगुलीले भनेका छन्। भारतको फुटबल क्लब मोहन बगानका मालिक पनि सञ्जीव गोइन हुन्। फिक्सिङका कारण आइपिएलका दुई टोलीमाथि प्रतिबन्ध लाग्दा सन् २०१६–०१७ को सिजनमा राइजिङ पुने सुपरजायन्टको सहभागिता रहेको थियो। उक्त टोली पनि गोइनकै आरपिएसजी ग्रुपको थियो। नयाँ टोलीको प्रवेशसँगै भारतमा टिभी दर्शकको संख्यामा पनि वृद्धि आएपछि बिसिसिआईले फ्रेन्चाइज टोली थप्ने योजना बनाएको हो। त्यसका लागि सन् २०१९ मा डफ एन्ड फेन्प्स फाइनान्सियल कन्सल्टेन्सीले टोलीको ब्रान्ड भ्यालु ६.७ बिलियन डलर प्रस्ताव गरेको थियो। महामारी अगाडि जसको मूल्य ११ बिलियन पुग्ने अनुमान गरिएको थियो। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ११:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP