शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताः आर्मी दोस्रो चरणमा
मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताः आर्मी दोस्रो चरणमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, कात्तिक १०, २०७८
football team
काठमाडौँ । नेपाल आर्मी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्रस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबलाई ४–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो । समूह ए मा आर्मीको जितमा राजु तामाङले दुई तथा हर्कबहादुर गुरुङ र नवीन न्यौपानेले समान एक गोल गरे । फर्पिङ डेभलपमेन्टका निराज श्रेष्ठले इन्जुरी समयमा एक गोल फर्काएका थिए । आर्मीका राजु तामाङ ‘म्यान अफ दी म्याच’ भए । जितसँगै आर्मीले दुई खेलबाट ६ अंक बनाएको छ । लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनु पर्नेछ। खेलको समयावधि ६० मिनेट (एक हाफ ३० मिनेट)को हुनेछ । खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ ।प्रतियोगिताको विजेता टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । नागरिक खबरबाट
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १५:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP