शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्नपूर्ण गाउँपालिका
  • गृहपृष्ठ
  • गाउँपालिकाको गुरुयोजना बनाउन भुरुङवासीको माग
गाउँपालिकाको गुरुयोजना बनाउन भुरुङवासीको माग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ १८, २०७६
IMG_8323

बेनी ,शनिबार जेठ १८ गते । दिगो विकासका लागि गाउँपालिकाले गुरुयोजना बनाएर बजेट विनियोजन गर्न अन्नपुर्ण गाउँपालिका २ स्थित भुरुङबासीले माग गरेका छन् ।

गाउँपालिकाको आयोजनामा वडा तहको सार्वजनिक सुनुवाई कार्यक्तम अन्तर्गत वडा नम्वर–२ भुरुङबासीले स्थानीय तहको स्रोतसाधनबाट रोजगारी सिर्जना र विकास निर्माणलाई प्रभावकारी बनाउन गुरुयोजना बनाएर अघि बढ्न आग्रह गरेका हुन् ।

चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा शुक्रबार वडा नम्बर २ को वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।

सो कार्यक्रममा स्थानीयहरुले गाउँपालिकाबाट आगामी बर्षमा टुक्रे योजनाहरु हटाएर विकास निर्माणमा लागत मूल्याकंन गर्दै बजेट विनियोजन गर्न गाउँपालिका समक्ष अनुरोध गरेका थिए । विगत योजनाहरु समिक्षा गर्दा योजनाहरुमा बजेट अपुग भएर योजना विचमै अलपत्र परेको जानकारी गराउदै उपलब्धी मूलक विकास योजनाहरु छनोट गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए । स्थानीयबासीले जनताको आयस्तर उकास्न कृषि र पशुपालनमा जोड दिनुपर्ने माग गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले कर्मचारी अभावमा सेवाप्रवाहमा ढिलासुस्ती, विकास निर्माणमा ठेकेदार र प्राविधिकविच मिलमतोले जनतालाई सास्ती, कृृषकहरुलाई औषधी विउविजनको निशुल्क उपलब्ध नभएको, उत्पादनमुखी जग्गा बाझो राख्नेलाई कारबाहीको माग, जनचेता मूलक तालिम आवश्यक, गाउँपालिकाको सूचना प्रवाह प्रभावकारी भएन, ब्यवसायी करमा अनविज्ञ, विद्युतको समस्या, स्वास्थ्यचौकीमा निशूल्क वितरण गर्ने औषधीको अभाव, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने, गरिव तथा जेहन्दार परिवारका बालबालिकालाई सेवासुविधा उपलब्ध गराउनुपर्ने, भुरुङतातोपानीको खेलमैदानको संरक्षण लगायतको मागहरु राखेर गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले सहभागीहरुमा सम्वोधन गर्दै गाउँपालिकाले दुइवर्षको अनुभवलाई समिक्षा गरेर आगामी योजनाहरु दिगो,प्रभावकारी र उपलब्धीमुलक बनाउन लाग्ने बताए । वडा तहमा योजना छनौंट गर्दा वडाका जनप्रतिनिधि, टोलसुधार समिति, क्लव, आमासमुहले समन्वय गरेर प्रभावकारी गौरवका योजना निर्माणमा ध्यान दिन आग्रह समेत गरेका थिए ।

विकासमा समुदायको जिम्मेवारी बढाउन र भष्ट्रचार रोक्न उपभोक्ता समिति र टोलसुधार समिति गठन गरेको बताए । महिला तथा युवालाई लक्षित गरेर समुदायलाई सीप विकास र उत्पादनसँग जोड्ने कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र प्रगतिको वारेमा जानकारी गराएका थिए । उनले ब्यवसायी कर स्थानीय ऐन नियमसंग रहेर कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरेको जानकारी दिए ।

उनले ब्यवसायीलाई दोहोरो शुल्क नलगाएको समेत जानकारी दिए । साथै अधिकृत शर्माले गाउँपालिकाबाट विनियोजित योजनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी र समुदायलाई आग्रह गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष ओमप्रसाद फगामीले भौगोलिक रुपमा छरिएर रहेको वस्ती र कर्मचारी अभावका कारण वडाको विकास निर्माण र सेवाप्रवाह सहज बनाउन चुनौती रहेको बताए । उनले सरकारी सेवा सुविधा र क्षतिपुर्ति लिनका लागि ब्यवासायीहरु गाउँपालिकामा दर्ता हुनुपर्ने जानकारी दिए ।

गाउँपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णप्रसाद बरुवाल, कार्यपालिका सदस्य आत्मा तुलाचन र वडा सदस्यहरुले सहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण अमित विश्वकर्मा र धिरन खत्रीले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १३:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP