शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • छत्तीसगढ : प्रहरी जवानले आफ्नै साथीमाथि गोली बर्साए, चार जनाको मृत्यु
छत्तीसगढ : प्रहरी जवानले आफ्नै साथीमाथि गोली बर्साए, चार जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, कात्तिक २२, २०७८
एजेन्सी । छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् । घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गोली चलाए भन्ने खुल्न सकेको छैन । जानकारी अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो । यो क्याम्पमा ८५ औँ बटालियन जवानको पनि क्याम्प रहेको छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो । अन्य जवान दौडेर घटनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो । त्यसपछि घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलंगानास्थित भद्राचलम अस्पताल लगियो । उपचारका क्रममा थप दुई जनाको मृत्यु भयो । घाइतेमध्ये दुई जना गम्भीर रहेकाले उनलाई रायपुर रेफर गरियो । बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १०:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP