शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दोवामा सार्वजनिक सुनुवाई
दोवामा सार्वजनिक सुनुवाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २०, २०७६
Doba Public Hearing (5)

बेनी,सोमबार जेठ २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आइतबार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीयबासीहरुले दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार, टुक्रे योजना कटौती, व्यवसायिक कृषि र पशुपालनको प्रर्वद्धन, रोजगारी सिर्जना, आयोजना व्यवस्थापन खर्च कन्टेन्जेन्सीको पारदर्शी परिचालन गर्न सुझाव दिएका छन् ।

सेवा प्रवाह र योजना कार्यान्वयनमा ढिलासुस्ती भएको, सामाजिक विकृति विरुद्ध अभियान चलाउनुपर्ने पनि स्थानीयको भनाई थियो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आठ वटै वडामा सार्वजनिक सुनुवाइका क्रममा देखिने किसीमको योजना सञ्चालन गर्न सुझाव पाएको बताउनुभयो ।

धेरै जनतालाई लाभ पुग्ने, दिर्घकालिन महत्वका योजना छनौट गर्न र कार्यान्वयनमा सघाउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाले यस वर्षदेखि डोजरको प्रयोगलाई पारदर्शी र प्रतिस्पर्धी बनाउँदा राज्यको अनावश्यक खर्च हुनबाट जोगिएको उल्लेख गर्नुभयो ।

टुक्रे योजना कटौती गरी असारे विकासको अन्त्य गर्न र विकासलाई दिगो, प्रभावकारी र पारदर्शी बनाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले दरबन्दिको तुलनामा २५ प्रतिशत मात्र जनशक्तिले काम गर्नुपर्दा गाउँपालिकाको सेवा प्रवाहमा असर परेको स्विकार गर्दै उपलब्ध जनशक्तिबाट सहज, छिटो, छरितो सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले गाउँको विकासमा समुदायको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले वडाका सरोकारवालाहरुसंग समन्वय गरेर विकासमा अघि बढाउन खोजेको बताउनुभयो ।

कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचन, कृषि प्राबिधिक सम्झना खत्री लगायतले सहभागिले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माको स्वागत र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका सन्तोष गौतम र राकेश शर्माले सहजिकरण गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  ०६:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP