शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ठूला आयोजनाप्रति दानावासीको गुनासो बढ्यो
ठूला आयोजनाप्रति दानावासीको गुनासो बढ्यो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, जेठ २०, २०७६
DSC_0025

बेनी सोमबार जेठ २० गते । राष्ट्रिय गौरबका आयोजना कालिगण्डकी करिडोर सडक र दुइसय २० केभिए कालिगण्डकी करिडोर प्रशासरण आयोजनप्रति दानाका स्थानीयहरुले गुनासो गरेका छन् ।


कालिगण्डकी करिडोर आयोजनाको बेनी – जोमसोम कोरला सडक आयोजनाले सडक खन्दा वस्तीलाई जोखिममा पारेको र संरक्षणको कुनै पहल नगरेको भन्दै दानाका स्थानीयवासीहरुले गुनासो गरेका हुन । सडक खन्दा दानाको काभ्रे गाउँ पहिरोको जोखिममा परेको र संरक्षणमा आयोजनाले ध्यान नदिएको उनीहरुले गुनासे गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाले शनिवार दानामा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा २२० केभिए करिडोर प्रशासरण आयोजनाले स्थानीयवासीहरु सँग गरेको सहमतीलाई कार्यान्वयन नगरेको भन्दै आयोजनाप्रति आक्रोस पोखेका हुन ।


चालु आर्थिक वर्षको विकास निर्माण,कार्यक्रम र सेवाप्रवाहको विषयमा सर्वसाधारणहरुको गुनासो,सुझाव र अपेक्षा सकंलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा दानावासीहरुले शिक्षा,स्वास्थ्य,कृषि,सडक र गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधाका वारेमा प्रश्नहरु राखेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष क्या डमबहादुर गर्बुजाले दानावासीहरुको गुनासोको जवाफ दिँदै ठूला आयोजनाहरुले गाउँपालिकासँग समन्य र सहकार्य नगरेकाले समस्या उत्पन्न भएको बताउनुभयो । काभ्रे,तितर,गुइठे लगायतका क्षेत्रमा सडक आयोजनाका कारण जोखिममा परेका वस्तीहरुको संरक्षणका लागि सम्बन्धीत निकायमा पहल गरेको बताउनुभयो । करिडोर प्रशासरण आयोजनाले दानावासीहरु सँग गरेको सहमति कार्यान्वयनका लागि पनि पहल भएको उहाँको भनाई थियो ।

अध्यक्ष गर्बुजाले आगमी आर्थिक वर्षका लागि उपलब्धीमुलक योजनाहरु छनौंट गर्न दानावासीहरुलाई अनुरोध समेत गर्नुभयो । सवै मिलेमा मात्र गाउँपालिकाको विकास र समृद्धि संभव हुनेभएकाले मिलेर अगाडि बढ्न अध्यक्ष गर्बुजाको अनुरोध थियो ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएका योजना र कार्यक्रमको कार्यान्वयनको अवस्थाका वारेमा जानकारी गराउनुभएको थियो । गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाहलाई चुस्त दुरुस्त र नागरिकमैत्री बनाउनका लागि प्रयास गरेको उहाँले बताउनुभयो । सिमित जनशक्तिका वावजुद पनि सेवाप्रवाहलाई प्रभावकारी बनाउन लागिपरेको उहाँको भनाई थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचन, भौतिक पूर्वाधार समितिका संयोजक कृष्णप्रसाद बरुवाल, वडा अध्यक्ष नरसिंह बहादुर पुर्जा, कृषि प्राबिधिक सम्झना खत्री लगायतले सहभागिले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजाको अध्यक्षता, प्रशासकीय अधिकृत केदारनाथ शर्माको स्वागत र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण म्याग्दी मिडिया सोसाईटीका सदस्य ध्रुबसागर शर्मा र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले गर्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  ०७:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP