शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सडक दौड प्रतियोगिताको उपाधी बेनी बोर्डिङका भूमिराज र हेम माविकी मनिषालाई (तस्बिरहरु)
सडक दौड प्रतियोगिताको उपाधी बेनी बोर्डिङका भूमिराज र हेम माविकी मनिषालाई (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, मंसिर ४, २०७८
256668169_891221281529179_3071178717280417233_n
बेनी । ३२ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद विकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए । ८ किलोमिटर दुरी २४ मिनेट ६ सेकेण्डमा पार गर्नुभएका बेनी बोर्डिङ आवासीय माविका भूमिराज नेपाली छात्रतर्फ प्रथम हुनुभएको छ । दोस्रो हुनुभएका भानु माविका महेश किसानले २४ मिनेट ३५ सेकेण्ड, तृतीय हुनुभएका थामडाँडा युवा क्लबका मनिष गुरुङले २५ मिनेट २० सेकेण्ड र चौथो हुनुभएका बेनी सामुदायिक माविका रामबहादुर चित्रकारले २६ मिनेट १५ सेकेण्डमा ८ किलोमिटर दुरी पार गर्नुभएको थियो । छात्रातर्फ प्रथम हुनुभएकी हेम मावि शिवाङकी मनिषा खत्रीले ३३ मिनेट, द्वितीय हुनुभएकी न्यु वेष्ट पोइन्ट आवासीय माविका एन्जिला खत्रीले ३४ मिनेट ४७ सेकेण्ड र तृतीय हुनुभएकी प्रकाश माविकी देबी थापाले ३८ मिनेट ४७ सकेण्डमा दुरी पार गर्नुभएको थियो । ४१ मिनेट लगाएका बेनी सामुदायिक माविका तारादेबी क्षेत्री, सुजा बानिया र बिनिता क्षेत्री तीनै जना सान्तवना हुनुभयाे । प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई क्रमश :आठ हजार, पाँच हजार, तीन हजार र एक हजारका दरले पुरस्कार वितरण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी राना, समितिका अध्यक्ष केसी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ, प्रदेश सदस्य चन्दा घले, कार्यालय प्रमुख दानबहादुर राइले पुरस्कार वितरण गर्नुभएको थियो । प्रमुख अतिथि प्रजिअ रानाले प्रतियोगिताले किशोर किशोरीहरुको खेल प्रतिभा पहिचान र प्रस्फुटन गराउन सहयोग पुगेको बताउनुभयो।
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १८:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP