शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा १९ औँ जेसीज कप फुटवल प्रतियोगिता हुने
म्याग्दीमा १९ औँ जेसीज कप फुटवल प्रतियोगिता हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर ६, २०७८
DSC_7335
म्याग्दी । म्याग्दी जेसिजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा सञ्चालन हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगताको तयारीबारे जानकारी दिईएको हो । 'खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल, जेसिजकप फुटवल' भन्ने मूल नाराका साथ प्रतियोगीता आयोजन गर्न लागिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि आर्थिक संकलन, प्रचार प्रसारका काम सुरु गरिएको शाखा अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगीतामा बिजेता विद्यालयलाई रनिङ्ग ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद रु ५२ हजार २ सय २२ रुपैयाँ र उपविजेता विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय २२ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको  प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिनुभयो । १९ औँ जेसिजकप फुटवल प्रतियोगीताको मूल संयोजक कुमार बानीयाँ, जुरी संयोजकमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, र सह संयोजकमा विष्मा श्रेष्ठ र बिनोद घर्ति रहनु भएको शाखा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगीता संचालनका लागि अनुमानित आम्दानी १० लाख ६५ हजार र अनुमानित खर्च ८ लाख ६८ हजार हुने शाखा अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगीतामा उत्कृष्ट खेलाडी (धमानसिंह अवार्ड), सर्वाधिक गोलकर्ता (लक्ष्मी पुतली अवार्ड), उत्कृष्ट लोलरक्षक (इन्द्र अवार्ड), उत्कृष्ट डिफेन्डर (सरस्वती अवार्ड), उत्कृष्ट स्ट्राइकर (रामजी अवार्ड), उत्कृष्ट मिडफिल्डर (माया अवार्ड) रार्इजिङ प्लेयर (धन अवार्ड), उत्कृष्ट प्रशिक्षक (कृष्ण प्रसाद एककुमारी अवार्ड) नगद रु २ हजार ५०० सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ र अनुशासित टिमलाई (झलक खगेश्वरी अवार्ड) नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । कोभिड १९ का कारण अघिल्लो बर्ष जेसिजकप फुटवल स्थगीत भएको थियो । सन् २००१ बाट सुरु भएको जेसिजकप फुटवल प्रतियोगीता १९ औँ संस्करण सम्म आईपुग्दा जिल्लामा धेरै खेलाडीहरु उत्पादन गर्न सफल भएको म्याग्दी जेसिजका पुर्व अध्यक्ष खम थापाले बताउनुभयो । पत्रकार सम्मेलनमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष श्रेष्ठ, पुर्व अध्यक्ष थापा, नि. वर्तमान अध्यक्ष एवं राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल लगाएत जेसिजका वर्तमान पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १७:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP